दमक/
दमक नगरपालिकाले केहि दिन अघी नगरमा रहेका सामाजीक सुरक्षा भत्ता लिने लाभग्राहिलाई परिचयपत्र नविकरण गर्न भन्दै उर्दी जारी गर्यो । सोहि उर्दी बमोजिम वडा वडाहरुले वडा स्तरबाट अर्को उर्दी जारी गरे । कार्यालय समयमा कार्यालयमा आएर परिचयपत्र नविकरण गर्न भन्दै ।
यता वडा नं ८ का जनप्रतिनिधीहरु चाहि वडामा आउन नसक्ने लाभग्राहिको घरमै पुगे । ल्यापटव, प्रिण्टर र अन्य उपकरणका साथै कागजपत्र समेत लिएर टोली टोल टोलमा गयो । घर घरमा पुगेर लाभग्राहिहरुको परिचयपत्र नविकरण गरिदियो ।
वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)का अनुसार जेष्ठ नागरिकहरुलाई घर-घरमै गएर यस प्रकारका सेवा दिने भनेर चुनावका बेला गरिएका प्रतिवद्धता निरन्तर पुरा गर्दै छौ । यो कामबाट जेष्ठ नागरिकहरुले सहज सेवा पाउनु भएको हाम्रो ठहर छ । ’वडाध्यक्ष दाहालले उज्यालो खवरलाई जानकारी दिदै भन्नु भयो ।
यसै गरि अहिले लाभग्राहिको खातामा सामाजीक सुरक्षा भत्ता समेत आएको छ । बैकमा गएर निकाल्न नसक्नेहरुलाई बैकंकका कर्मचारीलाई घरमै लगेर प्रकृया पुर्याइ घर घरमै वितरण गरिएको पनि उहाँले बताउनु भयो । ‘हामी वडाको प्रशाषनिक कामलाई समेत निरन्तर गर्दै जनताको घर दैलोमै गएरसेवा दिने काम गरिरहेका छौ । यसमा वडाबासीको सकरात्मक साथ छ ।’ उहाँले बताउनु भयो ।
वडामा ९ सय २० जना जेष्ठ नागरिकहरु सामाजीक सुरक्षा भत्ता पाउने लाभग्राहिको सुचिमा हुनुहुन्छ । उहाँहरु मध्ये विगत तीन दिन देखी अहिले सम्म १ सय ७० जनाको घरमै गएर परियच पत्र नविकरणका साथै भत्ता बराबरको रकम वितरण गरिसकिएको छ । आगामी भदौ मसान्त सम्ममा सबै लाभग्राहिहरुले आ आफ्नो परिचयपत्र नविकरण गरिसक्नु वडाले सुचना प्रकाशन गरेको छ ।
विप्पन्नको मृत्यूमा किरिया खर्च
यसै गरि यो वडाले कोहिपनि विप्पन्न नागरिकको मृत्यू भएमा किरिया खर्च वापत केहि रकम र जिन्सी सामाग्री समेत प्रदान गर्दै आएको छ ।
यसै सन्दर्भमा आज २४ वर्षिय स्व.सुनिल चौधरीको परिवारलाई नगद ५ हजारसँगै विभिन्न खाद्यन्न तथा पौष्टिक खानाहरु प्नि उपलब्ध गराइएको छ ।