क्वालालम्पुर/
मलेसियामा अहिले गैर आवासिय नेपाली सघंको निर्वाचनको मोहोल छ । सघंको निर्वाचन समितीको कार्यालयलले उम्मेदवार तथा पदाधिकारीहरुको अन्तिम नाम सार्वजनिक गर्दै अध्यक्ष र महासचिव बाहेक अन्य पदमा निर्विरोध रहेको जनाएको हो ।
अध्यक्ष र महासचिव पदमा अन्तिम समय सम्म सहमती गराउँदा समेत आकाक्षीहरुले आफ्ना अडान कायमै राखेकोले निर्विरोध हुन नसकेको निर्वाचन समिती संयोजक खगेन्द्र न्यौपानेले बताउनु भयो ।
अध्यक्ष पदमा अहिलेका नि -वर्तमान अध्यक्ष बिनोद थापा सहित राकेश महतो र शन्तोश कार्कीको उम्मेदवारी रहेको छ । यस्तै महासचिवमा बिमल कुमार राना र टेक बहादुर अधिकारीले चुनाव भिड्ने भएका छन् ।
यी पदमा आगामी २९ तारिख निर्वाचन हुने छ ।
अन्य पदमा निर्विरोध
यस्तै बाँकी रहेका पदहरुमा निर्विरोध भएको छ । सह-कोषाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध भएको निर्वाचन समितीले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।
निर्विरोध हुनेहरुमा उपाध्यक्षमा इन्द्र नारायण लिम्बु,रञ्जित कुमार क्षेत्री, अरुण गिरी, दिल कुमार केरुङ र हेमराज सापकोटा रहनु भएको छ । ६ जना उपाध्यक्ष रहने यो सघंमा एक जना भने मनोनित गरिने बताइएको छ ।
यस्तै महिला उपाध्यक्षमा लिला मगर, यूवा उपाध्यक्षमा नारायण अधिकारी पनि निर्विरोध हुनु भएको छ । यता सचिवमा श्याम बहादुर श्रेष्ठ र बिष्णु प्रसाद बराल पनि निर्विरोध चयन हुनु भएको छ ।
कोषाध्यक्षमा बाल धोज लिम्बुलाई निर्विरोध चयन गर्दै सह कोषाध्यक्ष मनोनित गरिने र यूवा संयोजक तथा महिला संयोजकमा क्रमश राजु तामाङ र इन्दु बस्नेत पनि निर्विरोध चयन हुनु भएको छ ।