कोशी प्रदेश : मुख्यमन्त्री विरुद्ध परेको रिटको सुनुवाई आज देखी

 

विराटनगर/
संविधान विपरित सभामुखको समेत हस्ताक्षर पेष गर्दै मुख्यमन्त्री बन्नु भएको आरोप लागेका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाका विरुद्धमा परेको रिटको आजदेखी सुनुवाई सुरु हुने भएको छ ।

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता तथा नि-वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको हो ।

 

सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका नेता कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गर्दै सर्वोच्च जानु भएको थियो ।

 

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको असार २७ गतेको इजलासले सरकारलाई दीर्घकालीन असर गर्ने निणर्य नगर्न आदेश दिँदै साउन ३ गते भित्र मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख पर्शुराम खापुङलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । इजलासले यही साउन ३ गते भित्र मुख्यमन्त्री नियुक्तिका कागजात झिकाउन आदेश दिँदै साउन ७ गते -आज)बाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो ।

 

सर्वोच्चको आदेशपछि मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेश गरिसकेका छन् । तीनै जनाले पेश गरेको जवाफमा सरकार गठन वैधानिक तरिकाबाट भएको दाबी गर्दै एमाले संसदीय दलका नेता कार्कीले दायर गरेको रिट खारेज गर्न माग गरेका छन् ।

र्वाेच्च अदालतमा परेको रिट न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने  छ।

Share:

Facebook
Twitter
Email
WhatsApp