दमकमा मनाइयो पुष्पलाल स्मिृती दिवस

pushpalal shretha smriti diwas

 

दमक/
आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि देशै भरी मनाइरहिएको छ ।

यहि सन्दर्भमा दमकमा श्रेष्ठको सम्झनामा कार्यक्रम गरिएको छ । नेकपा एमाले दमक नगर कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कम्यूनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको स्मरण गरेको छ ।

औपचारिक कार्यक्रम सुरु गर्नु अघी कार्यक्रममा उपस्थिती नेता तथा अन्य सदस्यहरुले श्रेष्ठको तस्विरमा माल्यर्पण गरेका थिए ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तथा दमक नगरपाकिलाका पूर्व नगर प्रमुख रोमनाथ ओलीले कम्यूनिष्ट आन्दोलदनमा पुष्पलालको भूमिका बारेमा कार्यपत्र पेष गर्नु भएको थियो । सो कार्यपत्रमा श्रेष्ठको पारिवारिक पृष्ठभूमि, उहाँको व्यक्तित्व , आचरण, संघर्ष त्याग र प्राप्तीका कुराहरु उल्लेख गरिएको छ ।

 

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य ओली सहित गिता अधिकारी, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, नन्दि अधिकारी लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

दमक नगर कमिटीका अध्यक्ष गेहनाथ पोखरेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरमा रहेका पार्टिका सबै जनवर्गिय संगठनका पदाधिकारी तथा नेतृत्वहरुको उपस्थिती रहेको थियो ।

को हुन पुष्पलाल

विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मनु भएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

 

नेकपा स्थापना गर्नुअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन