कोशी प्रदेशबारे सर्वोच्चको आदेश : ‘जटिल कानुनी प्रश्न समावेश भएको देखियो’

 

काठमाडौ/
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाको मुद्दाबारेमा सर्वोच्च अदालतले नयाँ आदेश दिएको छ । सो आदेश अनुसार अव यो प्रदेशको मुद्धा पूणर् इजलासले छिनोफानो गर्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवादी बनाएर पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दिएको रिटमाथि सुनुवाइ गर्दै उक्त मुद्दा अब सर्वोच्चको पूणर् इजलासबाट निराकरण गरिने सर्वोच्चको फैसलामा छ ।

 

‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूणर् इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली २०७४ को नियम २३ (२) ग बमोजिम मिति २०८० साउन ९ गते पूणर् इजलासमा पेस हुने गरी पेसी तोकी नियम बमोजिम पेश गर्नू’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

 

कोशी प्रदेशमा सरकार गठनको क्रममा सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर संकलन गर्दै पक्षधरता देखाइएपछि सरकार गठन प्रक्रियामाथि नै प्रश्न उठेको हो । सभामुख स्वयंले पक्षधरता देखाएपछि नवगठित सरकार नै अवैध भन्दै पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो ।

 

यस मुद्दामा पूणर् इजलासले मंगलबारदेखि नै सुनुवाइ गर्नेछ । यद्यपि उक्त इजलासमा को को हुनेछन् भन्नेबारे यकिन गरिएको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।