"उज्यालो"

नविन राप्रपा अभियान अनुशरण गर्दै दमक नगर समितीमा थपियो पदाधिकारी र सदस्य

 

दमक/

राष्ट्रिय प्रजातन्त्र पार्टि अहिले नविन राप्रपा बनाउने अभियानमा लागि परेको छ । जस अन्तर्गत दमक नगर समितीले केहि पदाधिकारी र सदस्य थप गरेको छ ।

पार्टिको आज बसेको बिस्तारित बैठकमा अध्यक्ष हेम सुवेदिले उपाध्यक्षमा रेवत चन्द्र भण्डारी सहित सदस्यहरुमा राजु धिमाल, हेम सिहं अधिकारी र खगेन्द्र बास्तोलालाई मनोनित गर्नु भएको छ ।

अध्यक्ष सुवेदिले गर्नुभएको सो मनोनयनलाई समितीले निणर्ायर्था माइनुट गर्दै मनोनितको नाम स्विकृत गरिएको छ ।

‘केन्द्रको सरकुलर अनुसार हामीले पनि दमकमा नविन राप्रपा बनाउने अभियान चलाईरहेका छौ । यसलाई निरन्तर्ता दिन अव हामी वडा र टोल टोलमा गएर पार्टि निर्माणमा लागी पर्ने छौ ।’ नगर समितीका अध्यक्ष सुवेदिले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो ।

राप्रपाको दमक नगर समिती अव ४५ जनाको बनेको छ ।

Share: