दमकमा १३ जनामा डेङ्गु, नियन्त्रण गर्न दश-दश ‘फर्मुला’

दमक/
झापाको दमकमा१३ जनामा  डेङ्गु संक्रमण देखीएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दमकका विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरुको रिपोर्टका आधारमा १३ जनामा संक्रमण देखिएको हो ।

यसको नियन्त्रणकालागी नगरपालिकाले जनचेतनाको कामलाई तिव्र रुपमा अघी बढाउने भएको छ ।
दश दश फर्मुला कार्यान्वायन गरिने

देशब्यावी रुपमा डेङ्गुका संक्रमित बढिरहेको र यसको नियन्त्रण गर्न बिभिन्न अभियान चलाइरहदा दमकमा भने दश-दशको फर्मुला प्रयोग गरिने भइएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका बद्री बरालका अनुसार प्रत्येक हप्ताको सुक्रबार बिहान १० बजे देखी दश बजेर १० मिनेट गए सम्म आफ्नो कार्यालयको बाहिर र भित्र सफा गर्ने अभियाननै दश दशको फर्मुला रहेको बरालले बताउनु भयो ।
सामुहिक अनुगमन गरिने
स्वास्स्थ्य कार्यालयले आज दमक नगरपालिकामा डेङ्गुका जोखिम र यसबाट बचिने उपायका बारेमा अभिमुखी कार्यक्रम गरेको छ । दमकका विभिन्न टोलका प्रतिनिधी, वडाध्यक्ष तथा केहि सं सस्थाका प्रतिनिधीहरुलाई एकै ठाउँ राखेर गरिएको कार्यक्रमले सरसफाई अभियनमा जुटन मद्यत पुग्ने अपेक्षा नगरको छ ।
‘आज नगरका जिम्मेवार व्यक्तिहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । अव यसको रोकथाम र नियन्त्रण गर्न उहाँहरुकै नेतृत्वमा अघी बढ्ने छौ । आफ्नो घर, टोल र वडा सफा राख्न र देखिएका एवं भेटिएका लाभ्रा नष्ट गर्न उहाँहरुको प्रभावकारी भूमिका रहनेमा हामी विस्वस्त छौ । बरालले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।
फगिङ नगर्ने
अहिले विभिन्न स्थानमा डेङ्गु नियन्त्रण गर्न भन्दै धुवा फाल्ने र त्यसबाट लामखुट्टे वा त्यसका लाभ्रा नष्ट हुन्छ भन्ने सोचाई छ । तर त्यसरी गरिएको फगिङले मानव स्वास्थ्यमा असर पर्ने भएकोले दमकमा त्यस प्रकारको केमिकलयूक्त फगिङ नगर्ने स्वास्स्थय शाखाका प्रमुख नगेन्द्र भट्टराई बताउनु हुन्छ । ‘
बरु हामी पानी जमेका ठाउँमा मट्टितेल हाल्छौ , लाभ्रा त्यहि नष्ट गछौ तर फगिङ चाहि गर्दैनौ यसले मानव स्वास्थयमा असर पार्ने काम गर्दैनौ ।’ भट्टराईको भनाई छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp