डेङ्गु : लाभ्रा खोज्दै दमक नगर

दमक/
पछिलो समय दमकमा डेङ्गुका संक्रमितहरु बढिरहेको निष्कर्ष निकाल्दै दमकमा यसको लाभ्रा नस्ट गर्ने काम सुरु भएको छ ।

दमक नगर पालिकाको स्वास्थ साखाले नगर भित्रका बजार क्षेत्रका केही टायर पसल, पानीका ठुला ट्याङ्की बेच्ने पसलको गोदाम तथा पानी जम्ने पहिचान गरेर त्यहा औशधि छर्कने तथा नस्ट गर्ने काम गरिएको छ ।

नगरको स्वास्थ साखा प्रमुख तथा सिनियर अहेव नगेन्द्र भट्टराईका अनुसार खुल्ला ठाउमा पानी जम्न नदिने , घरमै पनि फृजमा पानी नजमाउने भनेर सचेतना फैलाउने काम भईरहेको छ ।

यो रोगको नियन्त्रण गर्न सर्बसाधारण सचेत र जागरुप हुने हो भने मात्र पनि ९० प्रतिशत काम हुने बिश्वास उहामा छ ।

यहि कुरालाई मद्दनजर गर्दै दमक नगरले दश-दशको नीति लिएको र यो हरेक हप्ता कार्यान्वयन गरिने उहाको भनाई छ ।

हरेक हप्ताको १० बजे देखि १०:१० सम्म आफ्नो कार्यालय सफाई गर्ने अभियान नगरमा रहेका सबै प्रकारका कार्यालयमा सफाई गर्न अभियाम चलाईने दमक नगरपालिकाले जनाएको छ ।

Share: