डेङ्गु नियन्त्रण गर्न टोल टोलबाट सुझाब लिदै दमकका वडाहरु

दमक /

ड्ङ्गु नियन्त्रण कसरी गर्ने ? यो सवालका साथ वडा सरकारले टोलका अगुवासग छलफल थालेको छ ।

दमक नगरपालिकामा रहेका वडा कार्यालयहरुले आफ्नो वडामा डेङ्गु नियन्त्रण कसरी गर्ने भनेर सुझाब संकलन गरिरहेका छन ।

वडा नम्बर ६ को कार्यालयमा वडामा रहेका विभिन्न टोल बिकास सस्थाका प्रतिनिधिहरुले आ आफ्नो टोलको अवस्थाको बारेमा अवगत गराएका थिए ।

खासगरी पानी जम्ने ठाउको पहिचान गरि वडाको नेतृत्वमा त्यस्ता ठाउमा लाभ्रा नस्ट गर्ने काम गर्न, सडकका खाल्डाहरु पुर्ने काम भएमा त्यहा पानी जम्न नपाउने र लाभ्रा समेत उत्पादन नहुने भएकोले त्यसतर्फ ध्यान दिन सुझाब दिएका थिए ।

यता वडा नम्बर ८ को अर्गानिक तरकारी बजारको हलमा सम्पन्न भएको कार्यक्रममा लाभ्रा बस्ने ठाउको पहिचान गरि त्यसको नस्ट गर्न आवश्यक श्रोत साधन सहित अनुगमनना निस्की हाल्न सुझाब दिएका थिए ।

देखाउनकालागी मात्र नभएर साच्चै प्रभावकारी रुपमा काम गर्ने योजना बनाएर काम गर्ने हो भने डेङ्गु नियन्त्रणमा सहज हुने सुझाब टोलका प्रतिनिधिको छ ।

वडा नम्बर ६ मा वडा अध्यक्ष टेक बहादुर थापा र ८ मा वडा अध्यक्ष धर्मप्रसाद दाहाल( दिपेश) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share: