"मदनडाँगी-ताराबारी-डिपु सडक निर्माणको सुभारम्भ"

दमककै नमुना सडकको सिलान्यास, समयमै सम्पन्न गर्न सर्वपक्षीय प्रतिवद्धता(भिडियो रिपोर्ट)

 

दमक/

दशकौदेखीको प्रतिक्षा थियो दमकमा मदनडाँगी -ताराबारी-डिपु चोक खण्डको सडक बन्ने भन्नेबारेमा । यो सडक बनाउन विस्व बैकले सहकारी विकास तथा भवन निर्माण विभागलाई ४४ करोड २४ लाख १५ हजार ५ सय २७ रुपैँया ऋण दिएको थियो ।

सो ऋणमा सडक बनाउन विभागले नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजनालाई जिम्मा दियो । आयोजनाले दमक नगरपालिका मार्फत कन्काई इन्टरनेशनल विल्डर्स प्रालिसँग सम्झौता गर्यो ।सो सम्झौता भएको ४ महिना पछि सडक निर्माण सम्बन्धमा सिलान्यस भएको छ । अर्थात २०८० साल बैशाख ६ गते यो सडक निर्माणकालागि सम्झौता भएको थियो ।

यो काम आगामी २ वर्ष भित्र अर्थात २०८२ साल असार ११ गते सम्ममा सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ । सडकलाई गुणस्तरिय बनाउने र समयमै सम्पनन गराउन कार्याक्रम कार्यान्यान गराउने निकायहरुका कन्सल्ट्रेण्ड नारायण रिजालले प्रतिवद्धता जनानउनु भएको छ ।

झण्डै पाँच किलोमिटर अर्थात ४ दशमलव ८६५ किलोमिटर लामो यो सडकको १५ मिटर चौडाई हुने छ । १५ मिटर भित्र ढक्कन सहितको आर सिसि नाला, पैदलयात्रीकालागि छुट्टै फूटपाथ मात्र नभएर साईकल चलाउनेलाई साइकल लेनपनि छुट्याएर बनाइन्छ ।

बाँकी भागमा गाडी तथा सवारीका अन्य साधन कुदाउन मिल्ने छ । ।यो सडकलाई नगरको नमुना सडकको रुपमा विकास गर्दै यसै प्रकारका सडक अन्यत्र पनि बनाउने योजनामा नगरपालिका रहेको नगरी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

लामो प्रयासरत पछि यो सडकको आयोजना परेको हो । यसकालागि अहिलेका जनप्रतिनिधीका साथै यस अघीका जनप्रतिनिधीको पनि भूमिका रहेको नगर प्रमुख राम कुमार थापाले बताउनु भयो । यो सडक गुणस्तरिय बनाउने सन्दर्भमा सबैको साथ र सहयोग आवश्यक रहेकोले समन्वय गर्न नगर प्रमुख थापाको भनाई छ । यसको अहिले साईड क्लियर भएकोले सडकलाई समयमै सम्पन्न गराउन सबैको पहल र घचघचाहट आवश्यक रहेको उहाँले बताउनु भयो ।

 

यो सडक निर्माण गर्न आज नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशाषकिय अधिकृत, विभिन्न वडाका वडाधयक्ष, काम गर्ने निर्माण कम्पनी, आयोजना कार्यान्वायन गराउने निकाय, सर्वसाधरण तथा उपभोक्ताहरुको उपस्थितीमा सिलान्यास भएको थियो ।

दमक नगरपालिकाका पूर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठको घर अगाडीबाट सिलान्यास गरिएको सडक यसको अन्तिम बिन्दु ताराबारी डिपु चोक सम्म पुगेर सरोकारवालाहरुले स्थलगत अवलोकन गरेका थीए ।

यो सडकले दमकका ४ वटा वडाहरु वडां २, ३ , ४ र ५ का सर्वसाधरणलाई प्रत्यक्ष जोडने छ । दमकको पश्चिम क्षेत्रका नागरिकले दमक बजार आउन, अस्पताल तथा क्याम्पस आउन यो सडकले सहजता दिने विस्वास गरिएको छ ।

भिडियो रिपोर्ट

Share: