दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति विरुद्ध ऐकवद्धता

 

दमक/
समाजमा हुने विभिन्न प्रकारका दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति विरुद्ध ऐकवद्धता जनाइएको छ ।
दमक नगरपालिका वडा नं ४ मा आयोजना गरिएको एक कार्यक्रममा यहाँका सरोकारवाला, राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधीहरुलाई सहभागी गराई यसका विरुद्धमा ऐकवद्धता गराइएको हो ।

शी लिड्स् अर्थात महिला नेतृत्व कार्यक्रमले दमकका महिला जनप्रतिनिधीहरुलाई यसबारेमा अभिमुखीकरण कार्यक्रम गरेपछि दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिले समाजमा नकरात्मक असर पार्ने भन्दै यसका विरुद्धमा सामाजीक एकता र ऐकवद्धता जनाइएको हो ।

दमक नगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं ४ कि महिला सदस्य शारदा सापकोटाको नेतृत्वमा भएको यो कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष पुण्ड्य प्रसाद दाहालले अध्यक्षता गर्नु भएको थियो ।

उहाँले दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिका विरुद्धमा आफ्नो ऐकवद्धता रहेको बताउँदै यसले समाजमा नकरात्मक सन्देश मात्रै दिने, चरित्र हत्या गर्ने जस्ता काम मात्रै हुने भएकोले यसका विरुद्धमा एक भएर दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति रहित समाज निर्माणमा आफ्नो प्रतिवद्धता रहेको उहाँले उल्लेख गर्नु भयो ।

 

दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति रहित समाज निर्माण अहिलेको समयको आवश्यकता भएकोले यसलाई स्थापीत गर्नु सबैको दायित्व रहेको भन्दै कार्यक्रममा उपस्थिती भएकाहरुले सामुहिक हस्ताक्षर समेत गरेका थीए ।

 

यो कार्यक्रमलाई दमकका १० वटै वडा सम्म पुर्याउने र अझ बृहत बनाइ दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति रहित दमकको समाज निर्माण गर्ने अभियान चलाइने कार्यपालिका सदस्य सापकोटाले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।