दमकका हाकिमको हर्कत,प्रमाण नष्ट गरिएको गतिविधि, नगरपालिकाको जवाफ के ?(भिडियोमा हेरौ)

दमक/

सबै भन्दा पहिला यो दृश्य हेरौ । यो दृश्यमा देखिएका यी भित्ता र यहाँ राखीएका भएका फर्निचरलाई याद गरौ । यो कोठा दमक नगरपालिकाका परिसर भित्रै रहेको प्रमुख प्रशाषियक अधिकृतकै हुनुपर्छ । किनकी यो सिङ्गो घर हरिया फिक्का हरियो रङ्गको छ । यसको भित्र र बाहिर दुवै तर्फ एकै प्रकारको रङ्ग लगाइएको छ ।

यो काठामा प्रमुख प्रशाषियक अधिकृत डमरु प्रसाद निरौला शरिरको माथी गन्जी मात्रै लगाएर बस्नु भएको छ । उहाँको अगाडी एक जना महिला टिक टिकमा लाईभ भिडियो गरिरहेको देखिन्छ । यहि बेला निरौलाले ती महिलालाई सुम्सुमाएको ।

अङ्गमाल गर्न खोजेकोे दृश्य पनि देखिन्छ । टेवलमा बियरका बोटलहरु देखिएका कारण दुवै जना मदिरामा मातेका छन् भनेर प्रष्टै बुझ्न सकिन्छ । हुन त यो कुरा व्यक्तिगत गोपनियता पनि रहला ।

दुइजनाको मन मिलेर राखीएको सम्बन्धमा किन कसैको टाउको दुखाई भन्ने पनि हुन सक्ला । नेपाली समाजले यस्तो हर्कत पचाउँदैन । दुवैजना विवाहित हुन । महिलाले टिकटक लाईभमा आफ्नो श्रीमानसँग भएको भन्दै बताइरहेको पनि सुनिन्छ ।

तर ती महिलाले भने जस्तो यी दुई एक अर्काका श्रीमान र श्रीमती भने होईन । दुजनाको आ आफ्नै परिवार छ ।

यदी यो कुरा कहि गोप्य तरिकाले भएको थियो वा सामान्य मान्छेको थियो भने खासै चर्चा हुदैन थियो होला । तर यो काम भएको ठाउँ हो सार्वजनिक ठाउँ । अर्थात दमक नगरपालिकाको परिसार ।

अनी यो परिसरको यो कोठा हो जहाँ यस कार्यालयका प्रमुख प्रशाषकिय अधिकृत बस्ने कोठा ।सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेकोले यसको चौतर्फि बिरोध हुन थालेको छ ।

आलोचीत बन्नु भएका निरौलाले आफुले हर्कत गरेको कोठामा रातारात रङ्ग लगाएर प्रमाण नष्ट गर्न खोजेको पनि देखिन्छ । घटना सार्वजनिक भएको दिनको बिहानी पखमा उज्यालाृे खवरले कैद गरेको यो दृश्यमा देखिएको यो कोठा पनि त्यहि रसलिला मच्चाएको कोठा हो ।

जहाँ निरौलाले एक महिलासँग मदिारमा मतेर मस्ति गरिरहनु भएको थियो । यसरी प्रमाण नष्ट गरेको भन्ने थाह पाएपछि यूवा सघंले यो कोठामा ताला लगाएको छ ।

 

प्रमुख प्रशाशकिय अधिकृत निरौला आज आफ्नो कार्यलयमा भेटिनु भएन । उहाँको यो रुम खाली छ । निरौलालेका यो हर्कतले सिङ्गो दमक नगरकै बेइजत भएको भन्दै कार्वाहि गर्नुपर्ने माग सहित यूवा सघं दमक नगर कमिटीले नगरका प्रमुख राम कुमार थापालाई ज्ञापन पत्र बुझाउन भनेर नगरपालिका गएको थियो । तर प्रमुख थापाको कार्यव्यस्ताका कारण सघंले उप प्रमुख रेगिना भट्टराई प्रसाईलाई ज्ञापन पत्र बुझायो ।

निरौलाले भने यो कोठा कुनै होटल रहेको र नगरको क्वाटर नभएको भनेर हिजो मिडियालाई प्रतिकृया दिनु भएको थियो । तर उहाँले यहि कोठाको रङ्ग बदल्न रातारात बिना तोकआदेश काम लगाउनु भएको बुझिएको छ ।

यस सन्दर्भमा दमक नगरपालिकाकी उप प्रमुख प्रसाईले घटनाबारेमा छानविन गरि प्रमाणित भएमा कार्वाहिको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

 

विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो ।

 

भिडियो

Share: