दमक/
दमक नगरपालिकाका प्रमुख प्रशाषकीय अधिकृत डमरु प्रसाद निरौलाले नगर भित्रकै क्वाटरमा असम्बन्धीत महिला ल्याएर अनैतिक कृयाकलाप गरेको सन्दर्भमा दमक नगरपालिकाका बहुमत सदस्यहरुले सामुहिक हस्ताक्षर गर्दै भने ‘कार्यपालिकाको आपत्तकालीन बैठकको आह्वान गर्न माग गर्दा पनि नगर प्रमुख राम कुमार थापाले वेवास्था गर्दै घटना ढाकछोप गर्ने उद्धेस्यले घटना भएको कोठामा रङ्गरोगन गरि घटनाको ढाकछोप गर्न उद्धत भएको देखियो ।
कार्यपालिका सदस्यहरु लोक बहादुर धिमाल, शारदा सापकोटा, हरि न्यौपाने, प्रजापति सापकोटा, नबिन बराल, इन्द्र गुरुङ्ग, टेक बहादुर थापा, धर्मराज दाहाल(दिपेश), कुवेर भट्टराई, ख्याम कुमारी परियार, देवका भुजेल, गौतम गुप्ता, बिणा शाह, कमला खाती र शेर बहादुर गजमेरले हस्ताक्षर गरिएको सो बिज्ञप्ती मार्फत प्रमुख प्रशाषकीय अधिकृत निरौलालाई नगरपालिका प्रवेश गर्न निषेध गर्दै हाजिरी गराउन रोक लगाउन पनि माग गरिएको छ । साथै यस विषयमा छानविन गरि आवश्यक निणर्य गरेर कार्वाहि गर्न समेत सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।
यो घटनाले नगरको प्रतिष्ठामा असर पुगेलेको तत्कालै कार्यपालिकाको बैठक बसी नगरको साझा धारणा बनाएर अघी बढ्न हस्ताक्षीत कार्यपालिका सदस्यहरुले नगर प्रमुख थापा समक्ष माग गरेका छन् ।
दमक नगरपालिकाको कार्यपालिका २० मध्ये १५ जना नेकपा एमालेका छन् भने बाँकीमा नगर उप प्रमुख सहित नेपाली ३ जना नेपाली काग्रेस, नगर प्रमुख सहित २ जना राष्ट्रिय प्रजातन्त्र पार्टिका रहेका छन् ।