दमक/
दमक नगरपालिकाका कर्मचारी मध्येका सबै भन्दा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत डमुरु प्रसाद निरौलाको अनैतिक हर्कत सार्वजनिक भएपछि नगर प्रमुखको बिज्ञप्ती सार्वजनिक भएको छ ।
चौतर्फि बिरोध भएपछि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले आज दिउँसो बिज्ञप्ती सार्वजनिक गर्नु भएको हो ।
उहाँले जारी गरेको विज्ञप्तीमा निरौलाको हर्कत सम्बन्धीका समाचारमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
दोस्रो हरफमा लेखिएको छ ‘यस सम्बन्धमा सत्य तथ्य बुझि आवश्यक कार्वाहिकालागि सम्बन्धीत मन्त्रालयमा पत्रचार गर्ने साथै दमक नगरपालिका र नगरबासीहरुको प्रतिस्ठासँग जोडिने कुनैपनि विषयप्रति आँच आउन नदिन नगरपालिका सदैव सचेत रहने व्यहोरा पनि आम नगरबासीहरुमा जानकारी गराइन्छ ।’