दमकमा अन्तर इसाई समाजबिच फुटसल हुँदै, बिजेताले कति पाउँछ ?

isai damak nagar samaj

 

दमक/
झापाको दमकमा अन्तर इसाई समाजबिच एक दुई दिवसीय फुटसल प्रतियोगिता हुने भएको छ । दमक नगर इसाई समाजको दोस्रो वार्षिक उत्सव तथा २८ औ स्थपना दिवसको अवसर पारेर प्रतियोगिता हुन लागेको समाजले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिता यहि साउन १८ र १९ गते दमक ५ मा रहेको विष्ट फ्याक्ट्रिको फुटसल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १६ वटा टिम सहभागी हुने आईतबार पत्रकार सम्मेलन गर्दै समाजका दमक नगर अध्यक्ष आकाश थुलुङले जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजेताले नगद २० हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने, द्धितिय हुनेले नगद १५ हजार रुपैँया, मेडल र प्रमाणपत्र पाउने छन् भने सान्तवना अर्थात तृतिय हुनेलाई पनि नगद ५ हजार सहित, मेडल तथा प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

खेल संयोजक सुरज लिम्बुका अनुसार विभिन्न विधागत पुरस्कार पनि राखीएको छ । प्रतियोगितामा सहभागी जनाउन चाहने टिमहरु अत्याधिक रहेपनि छनौट गरेर १६ वटा टिमलाई मात्रै सहभागी गराउने निणर्य गरिएको लिम्बुले जानकारी दिनुभयो ।

पछिल्लो समय शारिरिक क्रियाकलाप कम हुँदै गएको र आम मानीसहरुको शरिरमा विभिन्न रोगहरुको जोमिख बढेकोले त्यसका विरुद्ध लड्न यो प्रकारको प्रतियोगिता फलदायी हुने विस्वासका साथ प्रतियोगीता आयोजना गर्न लागिएको समाजका सल्हाकार राजकुमार राईको भनाई छ ।

प्रतियोगिताको पहिलो प्रायोजक कर्नर स्टोन फाण्डेशन रहेको बताइएको छ भने दोस्रो र तेस्रो प्रायोजकमा क्रमश हार्वेट सामुदायीक सेवा नेपाल र ग्रीन वे एजुकेशन रहेका छन् ।

प्रतियोगीता सम्पन्न गर्न न्यूनतम १ लाख २० हजार रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।

यसै गरि समाजले फुटसल सुरुहुनु अघील्लो दिन बृहत रक्तदान कार्यक्रम पनि राखीएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अर्थात १७ गते दमक स्थित गणतन्त्र चोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने समाजका सचिव अजय पाठकले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन