दमक/
दमक नगरपालिकाका प्रमुख प्रशाषकीय अधिकृत डमरु प्रसाद निरौलाले नगर भित्रकै क्वाटरमा असम्बन्धीत महिला ल्याएर अनैतिक कृयाकलाप गरेको सन्दर्भमा हिजो दमक नगरपालिकाका बहुमत सदस्यहरुले सामुहिक हस्ताक्षर गर्दै भनेका थीए ‘कार्यपालिकाको आपत्तकालीन बैठकको आह्वान गर्न माग गर्दा पनि नगर प्रमुख राम कुमार थापाले वेवास्था गर्दै घटना ढाकछोप गर्ने उद्धेस्यले घटना भएको कोठामा रङ्गरोगन गरि घटनाको ढाकछोप गर्न उद्धत भएको देखियो ।’
तर आज यीनै सदस्यहरुले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदा भने उपरोक्त भाषा प्रयोग गरेका छैनन । केहि नरम भएर सभ्य भाषा प्रयोग गर्दै उनीहरुले नगर प्रमुख राम कुमार थापालाई सो ध्यानकर्षण पत्र बुझाएका छन् ।
आज एमालेका कार्यपालिका सदस्यहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । ‘घटना ढाकछोप गर्ने उद्धेस्यका साथ उक्त, घटना भएको कोठामा रङ्गरोगन गराउने सम्बन्धीत अधिकारीलाई छानविन गरि कार्वाहिको दायरामा ल्याउन अनुरोध गर्दछौ ।’
ध्यानाकर्षण पत्रमा नगरपालिकामा नयाँ प्रमुख प्रशाषकिय अधिकृत तत्कालै प्रवन्ध गराउन पनि माग गरिएको छ ।
सो ध्यानाकर्षण पत्र बुझाउनु अघी कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराईले नगरभित्रको व्यायामशालामा कार्यपालिका सदस्य छिर्न खोज्दा रोक लगाउने नगर प्रहरी तथा यहाँका कर्मचारी अहिले हाकीमको कोठामा केटि र मदिरा पुग्छ भने यो कस्को निर्देशन र संरक्षणमा भयो भन्दै मेयर थापासमक्ष प्रश्न गर्नु भएको थियो ।
तुरुन्तै कार्यपालिकाको बैठक बसि यो विषयमा नगरपाकिलाको साझा धारणा बनाउन माग भएबमोजिम नगर प्रमुखले भोली बिहान ८ बजेकालागि बैठक आह्वान गर्नुभयो ।
अन्य विषयमा भोलीनै छलफल गरि घटनाबारेमा छानविन गर्दै दोसी देखिएकाहरुलाई कार्वाहिको दायरामा ल्याउन आफु प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
घटना सार्वजनिक भएपछि अहिले प्रमुख प्रशासकिय अधिकृत निरौला सम्पर्क बिहिन हुनुहुन्छ । भिडियोमा देखिएकी महिलाले आफ्नो चरित्र हत्या गरिएको भन्दै गुनासो पोखेको भेटिएको छ ।
भिडियो रिपोर्ट हेरौ