कोशी प्रदेश : एमालेले उप-सभामुखको राजिनामा नगराउने, काग्रेससँग मिलेर सरकार गठन गर्न राप्रपाको सुझाव

 

दमक/
कोशी प्रदेशमा नयाँ सरकार निर्माण गर्नकालागि प्रदेश प्रमुखले तोक्नु भएको आज अन्तिम दिन हो । भर्खरै मात्रै सभामुखको हस्ताक्षर गराएर बनेको सरकारलाई सवोच्चले असंवैधानिक भनेर फैसाला गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार निर्माण गर्न आह्वान गर्नु भएको थियो ।

सोहि आह्वाको आज अन्मित दिन भएकोले आज कोशी प्रदेश कस्को नेतृत्वमा कसरी बन्ला भन्ने चासो बढेको छ ।

यहि सन्दर्भमा आज नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर गठबन्धनका दलहरुले अमर्यादित खेल खेलेको आरोप लगाउनु भएको छ ।

कार्कीले सभामुखले राजीनामा गरेपनि आफूहरुले उपसभामुखको राजीनामा नगराउने दिनु भएको छ । अहिलेको गठबन्धनले गरेजस्तो अमर्यादिन ढंगले उपसभामुखको राजीनामा नगराउने उहाँले कार्कीले स्पष्ट पार्नुभयो ।

 

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै कार्कीले जसरी पनि सत्तामा जान अमर्यादित खेल भएको उल्लेख गर्नु भयो ।
‘एमाले र काँग्रेस मिलेर निकास दिनुपर्छ भन्ने आफूहरुको प्रस्ताव रहेको र केही समयपछि कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्ने दावी पनि गर्नुभयो ।

राप्रपाको सुझावा एमाले-काग्रेस कोशी प्रदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको संकट टार्न काँग्रेस र एमाले मिलेर सरकार गठन सुझाब दिनुभएको छ ।

 

आज विराटनगर स्थित बिमान स्थलमा लिङ्देनले राप्रपा अहिले कसैको पक्ष र विपक्षमा नलाग्ने स्पष्ट पार्नुभयो ।

‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ उहाँले बताउनु भयो ।

 

Share: