दमकमा हाकिमको हर्कत घटना छानविन गर्न समिती बन्यो, कोको छन् समितीमा ?

 

दमक/
दमक नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत डमरु प्रसाद निरौलाले सरकारी क्वाटरमै अनाधिकृत महिला र मदिरा प्रवेश गराएको विषयमा दमक नगरपालिकाले छानविन गर्ने भएको छ ।

आज बिहान बसेको कार्यपालिकाको बैठकले घटनाबारेमा छानविन गर्न समिती बनाएको छ ।

५ सदस्य रहेको समितीको संयोजकमा उप प्रमुख रेगिना भट्टराई प्रसाई रहनु भएको छ भने सदस्यहरुमा शारदा सापकोटा भट्टराई , धर्मराज दाहाल दिपेश, कुवेर भट्टराई र राजेन्द्र भण्डारी रहनु भएको छ ।

समितीलाई छानविन गरि १५ दिन भित्र प्रतिवेदन पेष गर्ने समायवधि रहेको नगरका प्रवक्ता समेत रहनु भएका वडा नं ८ का वडाध्यक्ष तथा छानविन समिनी सदस्य धर्मराज दाहालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

समितीले नगरपालिका भित्र अनाधिकृत महिला प्रवेश, मदिरा जन्य सामाग्रीको प्रवेश तथा घटना ढाकछोप गर्न कोठामा रङ्ग लगाइएको विषय लगायतमा छानविन गरिने जनाइएको छ

घटना सार्वजनिक भएपछि प्रमुख प्रशाषकीय अधिकृतलाई आज विभागीय मन्त्रालयमा बोलाएर स्पष्टिकरण सोध्ने काम भएको छ  भने यूवा सघंले क्वाटरमा लगाएको ताला खोल्ने सन्दर्भमा पनि आज छलफल हुने जनाइएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp