दमक/
दमक नगरपाकिलाका प्रमुख प्रशाषकीय अधिकृत बस्ने कोठामा लगाइएको ताला यूवा सघंले खोलेको छ ।
सघंलेनै यो कोठामा अनैतिक कृयाकलाप भएको र त्यसको प्रमाण नष्ट गर्न खोजीएको भनेर विरोध जनाउँदै गत आईतबार ताला लगाएको थियो ।
ताला खोल्नु अघी सघंका दमक नगर कमिटी पदाधिकारीले नगरपालिकाका प्रमुख राम कुमार थापासँग छलफल गरेका थीए ।
छलफलका क्रममा नगर प्रमुखले घटनाको बारेमा छानविन गर्न समिती समेत बनीसकेको र छानविन गर्नपनि कोठा आवश्यक पर्ने भएको हुँदा ताला खोलीदिन अनुरोध गर्नुभएपछि आईतबार बिहान लगाइएको ताला खोलीएको सघंका दमक नगर कमिटी अध्यक्ष विवेक भट्टराईले जानकारी दिनुभयो ।
भिडियो हेरौ