कोशी प्रदेश : अन्तःत गठवन्धन दलले सभामुखलाई राजिनामा गराएरै छाडे, प्रदेश प्रमुखद्धारा पूःन थापालाई मुख्यमन्त्रीमा नियूक्ति

koshi uddaw thapa CM

 

दमक/
केन्द्रको गठबन्धनको असर प्रदेश र पालिका स्तरमा पनि परेपछि यसले संघियतालाईनै प्रश्न गरिरहेको छ । संघियताको पक्षमा रहेका दलहरुलेनै यसको बर्खिलाप गरिरहेका छन् भन्दा खास फरक नपर्ने भयो ।

कुन प्रदेशमा कस्को र कस्तो सरकार बन्ने भन्नेबारेमा केन्द्रका नेताहरुले छलफल गर्ने र निष्कर्ष निकाल्ने त्यहि अनुसार प्रदेशका नेताहरुले कार्यान्वायन गर्ने गरेका कारण नेताहरुलेनै संघियताको बर्खिलाप गरेका हुन ।

यसैको उदाहारण स्वरुप आज कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन नेपाली काग्रेसका संसदीय दलका नेता उद्धव थापा फेरि मुख्यमन्त्रीमा नियूक्ति हुनु भएको छ ।

उहाँलाई केन्द्रमा भएको गठबन्धनका दलहरुको समर्थन रह्यो , त्यतिले मात्रै संख्या नपुग्ने भएर समामुखलाई राजिनामा समेत गराएर भएपनि उहाँले आफुलाई बहुमत संख्या पुर्याएरै मुख्यमन्त्रीको दावि पेष गर्नु भएको थियो ।

संख्यात्मक आधारमा अहिले उहाँले ४७ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई पेष गर्नु भएको छ । यहाँ सरकार बनाउन पनि यतीनै मात्रमा सांसद संख्या चाहिन्छ ।

यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थियो ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।

यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उहाँ माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद पुगेका हुन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।