डेङ्गुबारेमा जान्नै पर्ने तथ्य, डा. भन्छन् अस्पताल भन्दा घरकै उपचार सहज(भिडियोमा हेरौ)

 

दमक/
अहिले देशभर डेङ्गुको जोखिम बढिरहेको छ । खास गरि तराई र तराईको पनि शहर क्षेत्रमा डेङ्गुका लार्भा बढि भेटिरहेका हुन्छन ।

बर्खाको समयमा जतातै पानी जम्ने, जमेको पानी नफाक्ने जस्ता कारणले गर्दा डेङ्गुको जोखिम बढेको चिकित्सकको भनाई छ ।

दमक स्थित आम्दा अस्पतालका फिजिसियन डा. पुर्शोत्तम माझीका अनुसार घर अगाडी कहि जमेको पानी देखेमा तुरुन्तै नष्ट गर्ने र त्यहाँ लार्भा जस्ता केहि किटाणु देखिएमा घरकै फिनेल वा मट्टितेल हाल्ने, घरमा भएको फ्रिजमा पानी जम्न नदिने अनी घरभित्र बस्दा वा सुत्ने बेलामा सुरक्षीत झुलको प्रयोग गर्नाले डेङ्गुको आक्रमणबाट बच्न सकिन्छ ।

नेपालमा यो नयाँ रोग नभएपनि सर्वसाधरणलेनै यसमा सामान्य ध्यान दिने हो भने जोखिम ननिम्ताउने भएपनि हेलचेक्राई गरेका कारण चाहि यसले मानीसलाई मृत्यू सम्मै पुर्याउने पनि उहाँले बताउनु भयो ।

उज्यालो खवरसँग उहाँले डेङ्गुका बारेमा गरेको कुराकानीको भिडियोलाई यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp