कोशी प्रदेश :मुख्यमन्त्रीको सपथ ग्रहणमा नि–वर्तमान मुख्यमन्त्री कार्कीको टिप्पणी ‘अधिनायकवाद तर्फको यात्रा’

 

दमक/
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराउनु भएको हो ।

तर यो कार्यक्रमको बारेमा नि–वर्तमान मुख्यमन्त्री हिकमत कुमार कार्कीले अधिनायकवादको यात्रा भन्दै टिप्पणी गर्नु भएको छ ।
उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत टिप्पणी गर्दै लेख्नु भएको छ ‘ निर्लज्जता को पराकाष्ठ,अधिनायकवाद तर्फको यात्रा ।

आज कोशि प्रदेश प्रमुख कार्यालय द्वारा नया मुख्यमन्त्रीको सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्विकार गरेनन् । ’
यस घटनाबाट संबिधानको सर्बोच्चता ,कानुनिराज को उपहास मात्रै गरेनन, सर्बोच्च अदालतको फैसला, हाम्रा संसदिय मुल्य मान्यता र अभ्यासहरु लाई कुल्चिएर स्ववेच्छाचारिता को नमुना पेश गरेका उहाँले लेखेको स्टाटसमा उल्लेख छ ।

थापालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थनमा मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp