दमक/
दमक नगरपालिका वडा नं ९ मा डील्ली बहादुर निरौलाको घर छ । अहिले देखिएको यो घर नयाँ हो । तर यो भन्दा अगाडी चाहि बस्नै गाह्रो हुने गरिको थियो । वर्खाको बेलामा घरभित्र पानीको भेल नै लाग्थ्यो । छानो चुहिएर । डील्ली बाकी श्रमिती हर्कमाया भन्नु हुन्छ ‘यस्तो घर मा बस्न पाइन्छ जस्तोनै लागेको थीएन । धन्न दाताले बनाइदिए ।’कस्ले र कसरी बनाइदियो यो घर भन्ने बारेमा उहाँलाई कुनै थाह छैन ।‘गाउँ समाज मिलेर बनाइदिए होलान्’ उहाँले प्रतिकृया दिनुभयो ।
उहाँको परिवारमा आम्दानी गर्न सक्ने कोहि छैन । एक जना छोरी त्यो पनि आफ्नै घरमा । घरमा बिरामी निरौला बा र आमा मात्रै । बस्न मात्र नभएर खानपनि निकै धौ धौ पर्ने यो परिवार प्रति यहाँको वडा सरकारको ध्यान पुग्यो । वडाध्यक्ष कुवेर भट्टराईले निरौला बा जस्ता विप्पन्नलाई सरकारले घर बनाइदिरहेको कार्याक्रममा उहाँलाई पनि जोड्नु भयो ।
सरकारका अन्य तहबाट उहाँकालागि बजेट छुट्एिन । उहाँ आफैले सुमा ३ लाख ५० हजार र पछि नपुगेर अरु थप ५० हजार थप गरि ४ लाखमा यो घर बनाइउने प्रस्ताव वडा समितीबाट पास गर्नु भयो । त्यस पछि बन्यो निरौला बाको यो सुन्दर घर ।
उहाँलाई घर मात्रै नभएर घरमा चाहिने सबै सामान दिइएको छ । घरमा दुईजना बा आमा मात्रै बस्ने भएकोले दुइवटा म्याट । त्यसका सबै सेटहरु दिइएको छ भने अन्य सामाग्री आवश्यक पर्दा त्यो पनि दिइने वडाध्यक्ष भट्टराईको भनाई छ । वडा कार्यालयले वडाका कसैको घरमा पनि चुल्हो बल्न सकेन भने त्यहाँ वडा सरकार पुग्ने संकल्प गरेको र त्यस्ता परिवारको संरक्षण वडाले गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो ।
निरौला परिवारमा देखिएको यो खुसीको साक्षी बस्न दमकका नगर प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराईपनि यहाँ पुग्नु भएको थियो । दुवैजनाले विप्पन्न लक्षित कार्र्यक्रमलाई नगरभरीनै सञ्चालन गरिरहेको र त्यसलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता जनाउनु भएको थियो ।
वडाले अघील्लो वर्षपनि यही वडाका अन्य विप्पन्न १० परिवारलाई आवासको प्रबन्ध गरेको थियो । त्यो बेला प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत वडाबाट नाम सिफारिस गरि ती विप्पनन्नलाई सुरक्षित आवास उपलब्ध गराउने काम भएको वडाध्यक्ष भट्टराईले जानकारी दिनु भयो । प्रदेश र केन्द्रका यस्ता कार्यक्रमका अतिरिक्त वडा तथा नगर स्तरबाट पनि सानो लगानीमा सुरक्षीत घर बनाएर प्रदान गर्ने यस्ता कार्यक्रमलाई अझै बिस्तार गरिने उहाँले वडाको योजना रहेको उहाँको भनाई छ ।
भिडियो रिपोर्ट हेरौ