उज्यालो शिक्षाः नजान्ने विद्यार्थीलाई जान्ने बनाउने ‘फर्मुला’ (भिडियोमा हेरौ)

दमक/

विद्यालय विद्या आर्जन गर्ने ठाउँ हो भन्ने कुरा सर्वमान्य छ । यही विद्यालय जाने कतिपय बालबालिका एकदमै उत्साहका साथ जाने गर्दछन भने कोहि चाहि विद्यालय जान नपरे हुन्थ्यो भन्ने भावना पनि राख्छन । खास गरि बालबालिकाको मनसपटलमा विद्यालय प्रतिको दृष्टिकोण कस्तो हुदो रहेछ भनेर हामीले विद्यार्थीसँगै जीवन बिताइरहेका शिक्षकहरुलाई सोधेका छौ ।

बुझाई दृष्टिकोण आ आफ्नै भएपनि आधिकांसको एउटै आसय थियो उमेर समुह अनुसार बालबालिका तथा विद्यार्थीहरुले विद्यालय प्रतिकाृ दृष्टिकोण हुन्छ । बाल कक्षामा पढ्ने बालबालिकाले विद्यालय भनेको खेल्ने जाने ठाउँ हो भन्ने बुझ्छन, त्यो भन्दा माथी कक्षा चढ्दै जादा आधारभूत तह पार गरेपछि पढ्ने ठाउँनै विद्यालय हो भन्ने बुझ्न भने माद्यमिक तहमा पुग्ने विद्याहरुले सिक्ने ठाउँनै विद्यालय हो भन्ने बुझ्छन् ।

अर्को कुरा विद्यालय जाने विद्यार्थीहरुलाई निकै गृहकार्य दिइन्छ । त्यो गृहकार्य जसरीपनि गरिसक्न भनेर कक्षा शिक्षकको निर्देशन हुन्छ । यता घरमा आएपछि अभिभावकले समेत गृहकार्य जसरी पनि सकाएरै पठाउँने गर्दछन ।

यसरी पढाउँदा विद्यार्थीहरुले खासमा शिक्षक तथा अभिभावकको डरले पढेका हुन कि आफ्नै लागि पढ्नु पर्छ भन्ने भएर हो ?यो बारेमा पनि हामीले खोजी गर्यौ । विद्यार्थीको मनमा केहि न केहि डर भएन र कसै प्रति उत्तरदायी बन्न सकेनन भने पढ्ने अभ्यासनै नहुने भएकोले डरसँगै उत्साह पनि थपेर पढाउने गर्नुपर्ने शिक्षकहरुको भनाई छ ।

विद्यालय जाने विद्यार्थीहरु सबै एकै प्रकारको हुदैनन । सबैको क्षमता समान हुदैन । रुचि चाहना समेत फरक फरक हुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरुको रुचि र चाहनालाई बुझेर बढाउनु पर्ने बैज्ञानिक पदद्धी भएपनि यहाँ चाहि यसको हुन कमै मात्रै सकेको छ ।

यो कुरा केहि शिक्षक स्विकार गर्छन भने केहि चाहि आफुहरुले विद्यार्थीको भावना र रुचि अनुसार नै पढाइरहेको भनेर दावि गर्छन । विद्यालय एउटै, कक्षा कोठा एउटै, पढाउने शिक्षक पनि एउटै । तर यही परिवेषमा कोहि विद्यार्थी जान्ने निस्कन्छन् कोहि भने निकै कमजोर पनि ।

जान्ने विद्यार्थी त जाने राम्रै भयो । नजान्ने भएका विद्यार्थीले नजान्नु र परिक्षामा फेल हुनु के त्यो विद्यार्थीको मात्रै कमजोरी हो ?अथवा यसमा अन्य तत्वहरु प्नि जोडिन्छन् ? झट्ट सुन्दा यो कुरा सामान्य भएपनि विद्यार्थीको भविष्यकालागि भने यो महत्वपूर्ण हो ।

कोहि विद्यार्थी फेल हुनु वा कमजोर हुनु उसको मात्रै कमजोरी नभएर विषयगत शिक्षक, विद्यालयको प्रशाषन तथा वातावरणका साथै घर परिवार, साथीको संगत र अनी अभिभावकको साथले पनि यसमा अर्थपूर्ण भूमिका राख्ने गर्छ ।

त्यसैले सबै खाले विद्यार्थीलाई एउटै कक्षामा राखेर एउटै ढर्र्राले पढाउनुनै अहिलेको विद्यालयहरुको कमजोरी हो । विद्यार्थीको क्षमता अनुसार कमजोर विद्यार्थीलाई विषेक कक्षा दिएर जान्ने बनाउनु विद्यालयको दायीत्व हो । यसमा आत्मसाथ गर्ने हो भने नजान्ने विद्यार्थी पनि जान्ने बन्न सक्ने छन् ।

 

भिडियोमा हेरौ ।

उज्यालो शिक्षाः नजान्ने विद्यार्थीलाई जान्ने बनाउने ‘फर्मुला’ – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु