आँखा पाक्ने रोग : बालबालिकामा जटिल बन्दै, यसको उपचारबारे थाह पाउँ(भिडियो सहित)

 

 

दमक/

पछिल्लो समयमा मौसममा आएको परिवर्तनका कारण आँखा पाक्ने रोग फैलिन थालेको छ । आँखा पाक्ने अर्थात आँखाको नानीको भाग रातो देखिने समस्या अहिले बढ्दो छ ।

 

शहर बजारमा यसका कारण चस्मा लगाएर हिड्नेहरु प्रशशस्त छन् । जसले गर्दा सकभर बाहिर ननिस्कन पाए हुने थियो भनेर उनीहरु चाहन्छन् ।

 

अझ विद्यालय क्षेत्रमा यसको प्रकोप पढ्दो छ । बालबालिकाहरुले आफ्नो आँखा कसरी सुरक्षित राख्ने भन्नेबारेमा सामान्य ज्ञान समेत नपाएको हुनाले यसको जोखिम बालबालिमामा अझ बढेको दमक स्थित आम्दा अस्पतालका बालरोग विषेशज्ञ डा. लिला सुन्दर श्रेष्ठले बताउनु भयो ।

 

‘हातले आँखा छुन हुँदैन, आँखामा पानीले सफा गरिरहनु पर्छ । कहि सार्वजनिक ठाउँको बाहिरी भागमा हातले छाइयो भने हात तुरुन्तै धुनु पर्छ, साथमा रुमाल राखीरहन पर्छ लगायत कुराको ख्याल कलिला बालबालिमा हुँदैन र उनीहरुमा यो जोखिम बढ्छ ।’

 

डा. श्रेष्ठले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो यसमा ठुलै मानिसको पनि हेलचेक्राई छ । बाहिर बाट आउने बित्तिकै केटाकेटिलाई छुने, बोक्ने, बाहिरबाट ल्याइदिएका सामान हतार हतार दिइहाल्ने जस्ता कृयाकलापले पनि उनीहरुमा जोखिम बढेको उहाँको भनाई छ ।

 

खासमा आँखा पाक्ने रोग बालबालिकामा मात्रै बढि हो त ? भनेर हामीले उहाँसँग छोटो संवाद गरेका छौ ।

संवादको भिडियोलाई यहाँ राखीएको छ ।

आँखा पाक्ने रोगले बालबालिका बढि प्रभावित, यो रोगले आँखाको उपचारनै गराउन पर्छ ? बिज्ञको बिचार हेरौ – YouTube

Share: