दमकमा मापदण्ड पुगेका डेङ्गु संक्रमितको निशुल्क परिक्षण गरिने, मापदण्ड नपुगे के गर्ने ?

 

दमक/
दमकमा पछिल्लो समय डेङ्गुका संक्रमितहरु ब्ढिरहेका छन् । धेरैजनाले मेडिकलबाटै औषधि सेवन गरेर घरमै बसिरहेको पाइन्छ भने केहि चाहि अस्पतालमा गएर चिकित्सकको परामर्षकालागि पनि पुग्ने गरेका छन् । केहिको चाहि यही रोगका कारण मृत्यूनै पनि हुन थालेको छ ।

यसरी डेङ्गुले दमकमा पनि भित्रभित्रै संक्रमण बढाइरहेकोले दमक नगरपालिकाले संक्रमितहरुको परिक्षण गर्न निशुल्क सेवा सुरु गर्ने भएको छ ।

यो सेवा लिन भने बिरामीले केहि मापदण्ड पुरा गर्नु पर्ने छ । जुन मापदण्डका बारेमा दमक नगरपालिकाले सार्वजनिक सुचनानै निकाले प्रकाश पारेको छ ।
के हुन मापदण्ड
१) कम्तिमा ३ दिन देखी उच्च ज्वरो आएको हुनुपर्ने
२) विरामीको रगत परिक्षण गर्दा डब्लु बि सि काउण्ट ४००० सेल्स क्यूविक मिलिमिटर भन्दा कम भएको हुनुपर्ने
३) प्लेटलेट काउण्ट एक लाख प्रति माइक्रोलिटर भन्दा कम भएको ।

तर बिरामीले यो सेवा लिन के अगाडीनै परिक्षण गरेर उल्लेखीत मापदण्ड पुरा गर्नुपर्ने हो भनेर उज्यालो खबरले नगरपालिकाको स्वास्थ्य शाखालाई प्रश्न गरेको छ ।

मापदण्ड पुरा नभए के हुन्छ

शाखा प्रमुख नगेन्द्र भट्टराईका भन्नु हुन्छ‘ उक्त मापदण्ड सबै स्वास्थ्य सेवा बिभागको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट आएको निर्देशन हो सोहि अनुसार काम गराउनु भनेर परिपत्र आएको छ । हामीले त्यहि निर्देशनको पत्रका आधारमा सुचना प्रकाशन गरेका हौ।’

 

उहाँले तीन मापदण्ड मध्ये कनै एउटा मात्रै छ भने पनि ती बिरामीको निशुल्क परिक्षण गरिने पनि जानकारी दिनु भयो । कोहि पनि बिरामीले डब्लु बि सि परिक्षण गराउनु पर्यो भने त्यो समेत निशुल्क हुने र त्यसको रिपोर्टका आधारमा डेङ्गु सम्बन्धीको र्यापिट डाइग्नोष्टिक टेस्ट गरिने समेत उहाँले बताउनु भयो ।

यो सेवा दमक नगरपालिकाले दमक ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सुचनामा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको