झापा कारागारको अवस्था साम्य : सिडिओ

International Co. (1080 × 2000 px) (1080 × 1960 px) (1100 × 1960 px) (1080 × 1960 px) (1080 × 1940 px) (1920 × 1080 px)

भद्रपुर /
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापा कारागारमा कैदीबन्दीले गरेको विरोध साम्य भइसकेको बताउनु भएको छ ।

आज दिउँसो ३ बजेतिर मनोज लावती नाम भएका कैदीलाई झुम्का सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीले विरोध जनाउँदै कारागारमा हुलदंगा गरेका थिए । कारागारभित्र नाराबाजीको चर्को स्वर बाहिर टाढासम्म सुनिएको थियो ।

हुलदंगाको क्रममा कारागारभित्र आगजनी र बाहिरतिर ढुंगामुढा भएको प्रहरी उपरीक्षक देर्गाराज रेग्मीले बताउनुभयो । कैदीबन्दीले प्रहरी र कारागार प्रशासनलाई भित्र पस्न दिएका थिएनन् ।

अपराह्न तीन बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान भित्रबाट बाहिर निकालेका थिए । कैदीबन्दीले नाराजुलुस र ढुंगामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै शान्त भएको बताउनुभयो । ‘सरुवा भएका कैदीलाई फेरि भित्र (कारागारमै) पठाइएको छ,’ प्रजिअ पोखरेलले  भन्नुभयो–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । के के क्षति भयो भनेर हेर्ने काम सुरु भइसकेको छ ।’

उहाँले कैदीबन्दीको हुलदंगाका क्रममा कुनै मानवीय क्षति नभएको बताउनुभयो । सरकारी सवारी साधनहरु भने ढुंगामुढाले क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

आगो निभाउन मेचीनगर, भद्रपुर र विर्तामोडको दमकल कारागार पुगेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन