Search
Close this search box.

काठमाडौ /
केही दिनअघि अवैधरुपमा भित्रिएको करिब एक क्विन्टल सुन चाँजपास गरेको त्रिभुवन भन्सार कार्यालयले कति सुन ल्याउन पाउने र कति नपाउने भन्दै सूचना जारी गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम सम्मको सुनमा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकमा २५ ग्रामसम्मको भन्सार लाग्दैन ।

एक जना व्यक्तिले थप २०० ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउँछन् । यस्तै, गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा अ‍ौठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp