दमक/
कोशी प्रदेशमा आह्वान गरिएको बन्दको प्रभाव झापामा सामान्य देखीएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आह्वान गरेको कोशी प्रदेशअन्तर्गत लिम्बुवान क्षेत्र बन्दले आज बिहानैदेखि यहाँ सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् भने दुइ र तीन पाङ्ग्रे बाहेकका निजी सवारी साधन पनि फाट्ट फुट्ट मात्रै चलिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार सडकमा मोटरसाईकल र सिटि सफारी मात्रै चलेका छन् ।
अन्य सवारी साधनहरुको उपस्थिती कम्ती रहेको छ ।
ऐतिहासिक सन्धि सम्झौतालाई कार्यान्वयनसहित कोशी प्रदेश पुनःनामांकन गर्न दवाब स्वरुप आज एक दिने बन्दको घोषणा गरेको हो ।
त्यस बन्दप्रति प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष जिल्ला समन्वय समिति झापाले पनि ऐक्यबद्धता जनाएको छ ।
अध्यक्ष पाण्डवलाल चौधरी र सचिव सेसेहाङ फियाकले विज्ञप्ति जारी गरी बन्दप्रति आफ्नो समर्थन जनाएका हुन् ।