दमक/
आँखा पाक्ने रोगबाट बचाउँन वडा सरकारले यहाँका केहि जोखिम क्षेत्रमा निशुल्क आँखामा हाल्ने औषधि वितरण गरेको छ ।
दमक नगरपालिका वडा नं ८ ले आफ्नो वडा भित्र रहेका सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई औषधि वितरण गरेको वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले जानकारी दिनु भयो ।
वितरण कार्यक्रममा उज्यालो खवरलाई संक्षिप्त प्रतिकृया दिदै वडाध्यक्ष दाहाल भन्नु हुन्छ ‘प्रकोप नियन्त्रण गर्न हामीले जोखिम भएका ठाउँमा आँखामा हाल्ने औषधि वितरण गरेका छौ । यो काम हामीले यहाँ रहेको जेष्ठ नागरिक प्रतिस्ठान र केहि विद्यालयमा वितरण गरेका हौ ।’
वडाले एक हजार बट्टा आँखामा हाल्ने झोल औषधि खरिद गरेको छ । यो औषधि यहाँको जनता आधारभूत विद्यालयमा २ सय वटा, पशुपति माद्यमिक विद्यालयमा १ सय ५० वटा र जेष्ठ नागरिक प्रतिस्ठानमा एक सय बट्टा वितरण गरिएको छ ।
बाँकी रहेको औषधि वडाको आधारभूत स्वास्थ्य केन्द्रमा राखीएको र जोखिम भएका जो सुकै वडाबासीले आएर यो निशुल्क ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।
स्वास्थ्य केन्द्रको सिफारिसमा वडाको आर्थिक वर्ष २०८०÷८१ को सामाजीक योजना अन्तर्गतको स्वास्स्थ्य शिर्षकमा बिनियोजित रकमबाट यो खरिद गरिएको वडा सचिव सन्दिप सुवेदीले उज्यालो खवरलाई जानकारी दिनुभयो । प्रति थान २९ रुपैँयाका दरले खरिद गरिएको पनि उहाँले जानकारी दिनु भएको छ ।
भिडियोमा हेरौ