बिकासमा बेथिती

पुरपार सडक, टालटुल पुल र कलभर्ट

sadak

खोटाङ/
मध्यपहाडी लोकमार्गअन्तर्गत बाझे च्यान डाँडा-दिक्तेल सडक कालोपत्र नसकिँदै भत्किएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको छाकालुङ खोलामा निर्माण गरिएको पुल चर्किएको छ ।

उक्त पुलको बाहिरबाट लेपन लगाएर टालिएको स्थानीयले जानकारी दिए । स्थानीयको अनुसार पुल नजिकैको सडकको डिल समेत भासिएपछि टालिएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाको माम्खामा टेवा पर्खाल भत्किएको छ ।

उक्त वडाकै भुलभुले नजिक पनि सडक छेउ भासिएको छ ।यसबाहेक अन्य दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवा पर्खाल भत्किएको छ । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ ।

कतिपय ठाउँमा फिलिङ माटो माथि पिच गरिएकाले चर्किएको छ । भत्किएको कल्भर्ड, चर्किएको पिचलगायतलाई टालटुल पारेर आँखा छल्न खोजिएको भन्दै ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् ।नगरपालिकाको दोर्पा, नेर्पा लगायतका क्षेत्रहरूमा गुणस्तरहीन सडक बनेको स्थानीयको गुनासो छ ।

दोर्पाको ढिकुरेको देवीथान भन्ने ठाउँमा जग नै चिरा परेर भत्किएको, नगरपालिका-६ नेर्पाको कालीखोला पाटी छेउमा सडकको मापदण्ड नपुग्ने गरी साँघुरो बनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको