दमक/
दमक नगरमा रहेका विपन्न नागरिकलाई नगरपालिकाले निशुल्क आँखाको परिक्षण गराएको थीयो । नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको पहलमा भएको यो कार्यक्रममा गौरिगञ्ज , मेचि नेत्रालय र पाथीभरा नेत्रालयमा लगेर आँखाको परिक्षण गराइएको थियो ।
सो परिक्षणका बेला त्यसबैला चस्माको पावर वा अन्य कुरा परिवर्तन गर्न पर्नेहरुको त्यहि पनि चस्मा बनाएर वितरण गरिएको थियो । तर त्यो बेला छुटेकाहरुलाई भने आज एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको छ ।
दमक नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख राम कुमार थापा, उप प्रमुख भट्टराई सहितको उपस्थितीमा निशुल्क चस्मा वितरण गरिएको हो ।
‘अहिले आँखाको अवस्थाको परिक्षण गरि चस्मा दिने काम गर्यौ हामी फेरि पनि विप्पन्नको स्वास्थ्यलाई ख्याल गरेर अन्य कार्यक्रमहरु पनि विस्तारै गर्दै जानेछौ । ’ उप प्रमुख भट्टराईले उज्यालो खवरलाई प्रतिकृया दिदै भन्नु भयो ।
यो अभियानमा ३ सय ५ जनाले आँखा परिक्षण गराएर चस्मा पनि लगे भने १ सय ५८ जनाले चस्माका साथमा आँखामा लगाउने औषधि पनि निशुल्कै लगेको नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले जानकारी दिनुभयो ।
यो कार्यक्रम कसरी भयो त सम्भव? यस बारेमा उप प्रमुखले उज्यालो खवरलाई दिनुभएको प्रतिकृयाकोा भिडियो यहाँ राखीएको छ ।