दमकमा विप्पन्नलाई निशुल्क आँखा परिक्षण पछि चस्मा पनि दिइयो(भिडियोमा हेरौ)

 

दमक/
दमक नगरमा रहेका विपन्न नागरिकलाई नगरपालिकाले निशुल्क आँखाको परिक्षण गराएको थीयो । नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको पहलमा भएको यो कार्यक्रममा गौरिगञ्ज , मेचि नेत्रालय र पाथीभरा नेत्रालयमा लगेर आँखाको परिक्षण गराइएको थियो ।

सो परिक्षणका बेला त्यसबैला चस्माको पावर वा अन्य कुरा परिवर्तन गर्न पर्नेहरुको त्यहि पनि चस्मा बनाएर वितरण गरिएको थियो । तर त्यो बेला छुटेकाहरुलाई भने आज एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको छ ।

दमक नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख राम कुमार थापा, उप प्रमुख भट्टराई सहितको उपस्थितीमा निशुल्क चस्मा वितरण गरिएको हो ।
‘अहिले आँखाको अवस्थाको परिक्षण गरि चस्मा दिने काम गर्यौ हामी फेरि पनि विप्पन्नको स्वास्थ्यलाई ख्याल गरेर अन्य कार्यक्रमहरु पनि विस्तारै गर्दै जानेछौ । ’ उप प्रमुख भट्टराईले उज्यालो खवरलाई प्रतिकृया दिदै भन्नु भयो ।

यो अभियानमा ३ सय ५ जनाले आँखा परिक्षण गराएर चस्मा पनि लगे भने १ सय ५८ जनाले चस्माका साथमा आँखामा लगाउने औषधि पनि निशुल्कै लगेको नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले जानकारी दिनुभयो ।

यो कार्यक्रम कसरी भयो त सम्भव? यस बारेमा उप प्रमुखले उज्यालो खवरलाई दिनुभएको प्रतिकृयाकोा भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको