Search
Close this search box.

 

दमक/
लिम्बु समुदायमा आधारित चलचित्र हाङनान्दले आफ्नो प्रिमियर शो गर्ने बारेमा जानकारी गराएको छ ।

दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माण समुहले यसको प्रमियर शो हुनेबारेमा जानकारी गराएको हो ।

‘आगामी भदौ १६ गते दमक स्थित पाथीभरा हलमा बिहान ११ बजे र दिउँसो १ः३० बजे हाङनान्द चलचित्रको प्रिमियम शो हुँदैछ । सबैजनाले हेरि सुझाव दिनु होला ।’ पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक बिजय संयोक सुब्बाले जानकारी दिनुभयो ।

६५ लाख रुपैँयामा लगानी भएको यो फिल्म १ घण्टा १० मिनेट लामो छ । यसमा लिम्बु समुदायको मुन्दुमका बारेमा चर्चा गरिएको र खास नेपाली माटोसँग मिल्ने र सुहाँउदो फिल्म बनेको पनि निर्देशक सुब्बाले बताउनु भयो ।

यो फिल्मको कथा बस्तु र परिकल्पना कस्तो होला त ? पत्रकार सम्मेलनको भिडियो हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp