फिजियो थेरापीले दैनिक गर्नुपर्ने व्यायामलाई प्रतिस्थापन गर्न सक्छ ? भिडियो सन्देश

 

दमक/
अहिलेको आधुनिक समय, व्यस्त दैनिकी, कम शारिरिक व्यायम लगायतले गर्दा मानीसहरुमा नसर्ने तर दीर्घरोगहरु बढिरहेको छ ।

खासगरि कार्यालयमा बसेर एकोहोरो काम गर्ने, मोटरसाईकलमा लामो यात्रा गर्ने, निरन्तर कार तथा निजी साधनमा कुदिरहनु पर्ने जस्ता कामगर्नेहरुमा नसा तथा हाडजोर्नी सम्बन्धीका समस्या देखा पर्न थालेको दमक स्थित सिटिसि फिजियो थेरापीका फिजियो थेरापस्टि बिनोद भट्टराईले जानकारी दिनभयो ।

 

नसा च्यापीएका हाडजोर्नी सम्बन्धी समस्या भएकाहरु पछिल्लो समय यूवा पुस्तामै पनि बढ्न थालेको उहाँले बताउनु भयो ।

 

कम शारिरिक कसरत गर्ने र खानपीनमा कम ध्यान दिनेहरु यस्ता रोगको सिकार भएको बताउँदै भट्टराई भन्नुहुन्छ ‘यस्ता बिरामीले अनिवार्य फिजियो थेरापी गर्नु पर्छ ।’

दिनमा कम्तिमा आदा घण्टा मात्रै भएपनि फिजियो थेरापीमा आउने हो भने दैनिक गरिरहनु पर्ने शारिरिक कसरत नगरेपनि यस्ता रोगको निदान गर्न सकिने समेत उहाँले बताउनु भयो ।

उहाँसँगको संवादको भिडियोलाई यहाँ राखीएको छ

Share: