Search
Close this search box.

 

दमक/
एक क्विन्टल सुन तस्करी प्रकरणका मुख्या नायीके भनेर चर्चामा आएका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

उनलाई केहि बेर अघी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

तर उनले यो कुरालाई स्विकार गरेका छैनन । उनले आफ्नो घरमा कसैले पनि छापा नमारेको भन्दै अभिव्यक्ति दिइरहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp