दमकमा रवी लामिछाने आउँदै, जिल्ला स्तरको बृहत जनसभा गर्दै रास्वपा

दमक/
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने दमक आउने हुनु भएको छ ।

यहाँ आगामी भदौ १ गते दिनको २ बजे झापा जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने आउन लाग्नु भएको रास्वपाका दमक नगर समिती कोषाध्यक्ष मिलन आचार्यले जानकारी दिनुभयो ।

यो जनसभामा प्रदेशभरी गरेर १० हजार भन्दा बढि जनसहभागिता गराउने गरि तयारी गरिएको उहाँले बताउनु भयो ।

‘हामीले सबै तीर जनसभागीता जुटाउन र बढाउन सर्कुलर तथा निर्देशन सहित काम गरिरहेका छौ र गराएका छौ । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थिती रहने भएकोले उपस्थिती उल्लेख्य बनाउने गरिको काम समुदाय स्तरमा प्रचारका काम गरिरहेका छौ ।’आचार्यले उज्यालो खवरलाई जानकारी दिदै बताउनु भयो ।

जनसभामा सभापति लामिछाने सहित महामन्त्री मुकुन्द ढकाल, केन्द्रिय सदस्य रमेश प्रसाई, प्रमुख सचेतक मा. सन्तोष परियार, मा.मनिस झा, मा.नीशा डाँगी, र मा. अशोक चौधरी लगायतले सम्बोधन गर्नु हुने छ ।

यो जनसभा दमक नगर समितीले आयोजना गरेकोले दमकको प्रतिस्ठाका लागि पनि उपस्थिती भव्य बनाउने तयारी भएको नगर सभापति विवेक पाठकले बताउनु भयो ।

जनसभा दमक चोकमा रहेको गोर्खा डिपार्टमेण्टको प्राङ्गणमा हुने छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp