Search
Close this search box.

दमक/
झापाको सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुनै काँचा रुख कटानी गर्दै तस्करी गर्ने कार्यक्रमा सम्लग्न भएको पाइएको छ ।

 

पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सतासीधाम सामुदायिक वन उपभोक्ता समूह (सताक्षीधाम) –८ र माई नगरपालिका– ८ का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहेका लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र सवारी चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ ।

 

उनीहरू विरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुर्याएको आरोपमा वनले मुद्दा अघि बढाएको छ । वन कार्यालयले १ महिनाको वन रिसर्चमा १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको छ । चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ, डिएफओ दान बहादुर श्रेष्ठका अनुसार अन्य पनि संलग्न हुन सक्ने सम्भावना रहेकोले त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp