दमकमा भदौ १ देखी लागु हुने पार्किङ र पटके दरको व्यवस्था कस्तो ?(भिडियोमा हेरौ)

 

दमक/
झापाको दमकमा भदौ १ गते दखी नयाँ नियम लागु हुदै छ । त्यो हो ट्राफिक व्यवस्थापन र पटके कर सम्बन्धी। यती मात्रै नभएर यहाँ सडकलाई सुरक्षित गर्न नयाँ नयाँ प्रवधानको पनि परिकल्पना गरिएको छ ।

भदौ १ गतेदेखी दमकका मुख्य सडकहरुमा एक तर्फि पार्किङ गर्ने व्यवस्था देखी लिएर सडक पेटिमा गरिने व्यापार तथा राखीएका निर्माण सामाग्रीको जफत सम्म गरिने रहेका छन् ।

साथै दमक स्थाई घर भएका तीन पाङग्रे सवारी सञ्चालन गर्नेहरुलाई करको दायरामा ल्याउन पटके कर पनि लगाइने भइएको छ । तर यो कर पहिलाको जस्तो चोक चोकमा बसेर काटिने छैन । एक मुस्ट नगरपालिकामा गएर बुझाउनु पर्ने छ । यसमा पनि केहि खास नियम बनाइएको छ ।

दमक बाहिरबाट आउने अटो तथा टेम्पो चालकहरुलाई फरक शुल्क कायम गरिएको छ । दमककै स्थानियलाई पनि दुई भागमा बर्गिकरण गरिएको छ । एउटा आफै चालक आफै मालिकलाई करमा छुटको व्यवस्था रहेको छ भने ठेक्कमा चलाउन दिनेलाई ठेक्का लगाउनेसँग कर लिने प्रावधान बनाइएको छ ।

यस्तै चार पाग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याउने गरिको प्रवधान लागु हुदै छ । खास गरि निजी तथा रातो नम्बर प्लेट भएकाहरुलाई यातायात व्यवस्था बिभागमा तिरेको कर मात्रै लाग्ने छ भने कालो नम्बर प्लेट भएकाहरुलाई भने नगरले पनि कर लिने भएको छ ।

खासगरि ट्याक्सी चालकहरुले कालो नम्बर प्लेट राख्न चाहेको र त्यसकालागि यातायात व्यवस्था कार्यालयको काउण्टर दमकमै रहनु पर्ने माग गरेको दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समिती अध्यक्ष प्रजापति सापकोटाले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

यसकालागि यातायात कार्यालयसँग समन्वय भइसकेको र कार्यालय चाँडै खुल्ने पनि उहाँले बताउनु भएको छ ।

यस सम्बन्धमा उहासँग गरिएको भिडियो सवादलाई यहाँ हेर्न सकिने छ ।

 

Share: