दमक/
सिकेको ज्ञान र सिपलाई श्रम, व्यवहार र उत्पादनसँग प्रभावकारी रूपमा जोड्न अहिलेको शिक्षा प्रणाली कत्तिको सफल भइरहेको छ भन्ने प्रश्न नयाँ होईन । तर यो पुरानो प्रश्न भएपनि यसको अहिले सम्म जवाफ पाउन नसक्नु चाहि अव नौलो हुन थालीसक्यो । हाम्रो शिक्षाले श्रमलाई सम्मान गर्नु पर्छ भनेर सिकाउन सकेन ।
उत्पादित जनशक्ति मानसिक रूपमा पढेलेखेको तर व्यावहारिक रूपमा अनपढ जस्तो भयो । नजानिँदो किसिमले हाम्रा शैक्षिक जनशक्तिलाई श्रम भनेको तल्लो दर्जाको ‘लेम्यान’ले मात्र गर्ने हो भन्ने भ्रम परेको छ । यो भ्रमबाट सिङ्गो परिवार, समाज र राष्ट्र ग्रसित छ, जसका कारण हाम्रा विद्यालय र विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भए र उत्पादित जनशक्ति कामविहीन भए । यो कुरा शिक्षा प्रदान गर्ने तहबाटै पनि स्विकार हुन थालीसकेको छ ।
अहिलेको शिक्षा प्रणाली अनुसार नेपाली पढियो भने नेपालीको मास्टर बन्ने, अङ्ग्रेजी पढियो भने अङ्ग्रेजीको मास्टर बन्ने वा अर्थशास्त्र पढ्यो भने अर्थशास्त्रको मास्टर बन्नेसम्ममा मात्र सीमित छ।सामाजिक र आर्थिक विकासलाई अगाडि बढाउने खालको हाम्रो शिक्षा प्रणाली नभएको र यसलाई अव चाहि उत्पादनसँग जोडन पर्ने यसका सरोकारवालाहरुको भनाई छ ।
शैक्षिक प्रक्रिया अन्तर्गत साविकको पठनपाठनको ढाँचा वा तरिका बदल्नु पर्छ । अहिले शिक्षक बोल्न मात्र खोज्छ विद्यार्थी गर्न खोज्छ । त्यसैले अब बन्ने नयाँ सिकाइको प्रक्रियामा शिक्षकलाई गर्न लगाउने र त्यो गरेको विद्यार्थीलाई सिकाउन सक्ने गरि बदल्नु पर्छ । शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो। नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पुर्याउने खालको शिक्षा हुनपर्छ भन्ने मत अहिले बढिरहेको छ र यसको थालनीमा केहि सुरुवात पनि हुन थालेका छन् ।
पाठ्यक्रम भनेको पनि राज्यसत्ता र शक्ति संरचनासँग सम्बन्धित प्रश्न हो। राज्यले आफ्ना निणर्यहरू लाद्न खोज्छ। सत्ता-शक्तिमा रहेका सीमित व्यक्तिहरूले ’पाठ्यक्रम’ बनाउने क्रममा विद्यार्थीलाई यही पढ्नुपर्छ, यसरी नै पढाउनुपर्छ, यही किताब पढ्नुपर्छ, यही भाषा पढ्नुपर्छ भन्ने अधिकार आफ्नो हातमा लिइराखेका हुन्छन्।
त्यसकारण सत्ता-शक्तिमा रहेकाहरूले अरूमाधि प्रभाव, प्रभुत्व र आधिपत्य जमाइराखेका छन्। आफ्नो संस्कृति र आफ्नो ’मूल्य-मान्यता’ वा ’रुचि’ लाद्न खोजिरहेका हुन्छन्।विद्यार्थीलाई दिने कुरा भनेको सीपहरू हुन्, भाषिक सीपहरू हुन्। अङ्ग्रेजी र नेपाली प्रयोग गर्ने र लेख्ने क्षमता दिने हो। यदि त्यो क्षमता ६-८ सेमेस्टरमा सकिन्छ भने १५ वर्षसम्म किन लम्ब्याई राखियो? व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने र श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्याउने खालको शिक्षा हुनुपर्छ यो काम विद्यालयले चाहे भने यही तहबाटै पनि आधारभूत ज्ञान दिन चाहि सकिन्छत ज्ञान दिन चाहि सकिन्छ ।
सिपमा आधारित शिक्षाले बालबालिकामा सिपको विकास गरी उनीहरूमा ज्ञान अर्जन गर्ने वातावरण सिर्जना गर्छ । उनीहरूलाई जटिल चुनौतीसँग जुध्न, विभिन्न समूहमा रही प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउँछ । ज्ञान र सिपमा आधारित शिक्षाको संयोजन गरेर विद्यार्थीलाई शैक्षिक, व्यावसायिक, सामाजिक र व्यक्तिगत रूपमा सधैँ सफल बनाउँछ । त्यसैले राज्यको ध्यान यसतर्पm केन्द्रित हुनुपर्छ ।
हेरौ भिडियो कार्यक्रम उज्यालो शिक्षा ।