झापामा जतातै कर बृद्धि प्रति एमालेको आपत्ती(बिज्ञप्ती सहित)

 

दमक/
कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले देश गम्भीर अवस्थाबाट गुज्रिएको भएपनि बागडोर सम्हालेका सरकारका प्रतिनिधीहरुभने जनतामा करको भार लगाउनमै व्यस्त रहेको भन्दै एमाले जिल्ला कमिटी झापाले त्यसमा आपत्ती जनाएको छ ।

 

पार्टि अध्यक्ष दिपक कार्कीले हस्ताक्षर गरि सार्वजनक गरिएको विज्ञप्तीमा भनिएको छ ‘देश दिनप्रतिदिन जटिलता तर्फ उन्मुख भइरहँदा पनि वर्तमान सरकार राष्ट्र र जनताप्रति गैर जिम्मेवार रुपमा प्रस्तुत भईरहेको छ । आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको सरकार भ्रष्ट्राचारमा मात्रै केन्द्रीत छ ।’

जसले गर्दा अहिले जनताको नजिकको सरकार स्थानीय तह समेत प्रभावित भएको एमाले झापाको भनाई छ । केन्द्र सरकारले स्थानीय सरकारलाई पठाउनु पर्ने अनुदानका कार्यक्रमहरु कटौती गर्दै जनताको नजिकको सरकारलाई कमजोर बनाउने काम गलत भइरहेको उसको ठहर छ । ‘आर्थिक रुपमा आम नागरिक आफ्नो दैनिक जिवन चलाउन सकिरहेका छैनन् । कर्मचारीले समयमा तलब सुविधा पाउने अवस्था छैन । महंगीले नागरिक आक्रान्त बनेको छ । सरकार जनताको यस प्रकारको समस्याबाट भागिरहेको छ ।’बिज्ञप्तीमा भनिएको छ ।

 

स्थानीय सरकार स्रोत साधन व्यवस्थापनका लागि कर वृद्धिमा केन्द्रीत भई आम नागरिकलाई करको भार बोकाउन बाध्य हुनु परेको एमालेको बुझाई छ । कोभिड महामारी र त्यसपछि आर्थिक मन्दीबाट प्रभावितहरु उठ्न प्रयास गरिरहेको बेला झापाका कतिपय स्थानीय तहले गरेको कर वृद्धि प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ‘यस परिस्थितीमा करको दायरा बढाउदै चुहावट रोक्नु उत्कृष्ट विकल्प हुनेर त्यस तर्फ पालिकाहरुको ध्याना जानुपर्ने सुझाव दिइएको छ ।

केन्द्र सरकारको रवैयाले संकटग्रस्त बनेको अवस्थामा आम नागरिकहरुको भावनालाई समेत मध्यनजर गर्दै कर वृद्धि नगर्न र वृद्धि गरिएको करमा पुनरावलोकन गर्न अनुरोध गरिएको छ । करका दायरा क्षेत्रको पहिचान गरि कर चुहावटलाई नियन्त्रण गर्दै आर्थिक रुपमा सक्षम दिगो र नागरिकप्रति जवाफदेही स्थानीय सरकार निर्माण गर्न सबै स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरुसँग बिज्ञप्ती मार्फतनै अपिल गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।

बिज्ञप्ती हेरौ

Share: