झापा/
झापाको बिर्तामोड नगरपालिका कर बृद्धि गर्ने निणर्यबाट पछि हटेको छ । गत असार १३ गते नगर अधिबेसनमा पारित गरिएको आर्थिक ऐन २०८० मा उल्लेखित सम्पत्ति करमा भएको हेरफेर तथा विस्तारलाई नगरले पूःनर्विचार गरेको जनाएको छ ।
आज कार्यपालिकाको बैठक बसि तत्काल कुनैपनि करमा हेरफेर नगर्ने निणर्य गरिएको नगरकी प्रमुख वपित्रा महतरा प्रसाईद्धारा हस्ताक्षीर बिज्ञप्ती मार्फत जनाइएको छ ।
‘संघीय सरकारबाट दिईने अनुदान प्रत्येक वर्ष बढ्दै जानुपर्ने भएतापनि चालु आ.ब.मा गत आ.ब. को तुलनामा करिब ४.५ करोड घटी प्राप्त हुने अवस्था देखिन्छ ।’ जारी बिज्ञप्तीमा भनिएको छ ।
यद्यपी नगरपालिकाले जनताप्रति गरेका प्रतिबद्धताहरु पूरा गर्न थप स्रोतको पहिचान गर्ने, अन्य स्रोत पहिचान र परिचालन गर्ने पनि प्रमुख प्रसाईको प्रष्टोक्ति छ ।
कार्यपालिकाले स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक घरसायीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतप्रति संवेदनशील हुँदै चालु आ.ब.मा हेरफेर भएको सम्पत्ति करलाई साबिक बमोजिम कायम गर्ने निणर्य गरेको छ ।
घुमाउरो भाषा प्रयोग गर्दै वडा स्तरमा हुने विकासका काममा ढिला सुस्ती हुन सक्ने तथा कार्यान्वायनमा आर्थीक श्रोतको अभाव हुदा गुनासो भने नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।
‘सम्पत्ति करलाई साबिक बमोजिम कायम गर्दा चालु आ.ब. का लागि प्रस्ताव गरेको वडा तथा नगरस्तरका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक स्रोतमा आएको कमीले असहजतालाई सबै नगरबासीहरुले बुझिदिनु अनुरोध गरिन्छ ।’ बिज्ञप्तीमा भनिएको छ ।