दमकमा नयाँ नियम आजदेखी, उल्लंघन गर्नेलाई लाइसेन्स खारेजी सम्मको कार्वाहि

damak naya niyam

दमक/
दमक बजार क्षेत्रका मुख्य सडकखण्डहरुमा एक तर्फि पार्किङ । दायाँ र बाँया गरि पन्ध्र पन्ध दिनमा परिवर्तन हुने । चार पाग्रे सवारी साधन बजार क्षेत्रको कुनैपनि सडक खण्डमा आदा घण्टाभन्दा धेरैबेर रोक्नै नपाइने । दमक बाहिरका सिटि सफारीलाई दमक प्रवेश गरेको सन्दर्भमा पूर्वाधार कर लिने । अर्थात दमक प्रवेश गर्ने स्थानमा कर्मचारी राखेर पटके कर लिइने । दमकका स्थाई बासिन्दा सिटि सफारी चालकलाई दुई भागमा बर्गिकरण गरि कर तिराउने । आफ्नै सिटि सफारी आफैले सञ्चालन गरेकोलाई कर छुट दिइने । भाडमा चलाउन दिनेलाई निश्चित कर लिइने । यो वर्षमा एक पटक तिर्दा हुने गरिको प्रबन्ध मिलाइएको छ ।

पूर्व पश्चिम राजमार्ग कहि पनी सिटि सफारी तथा ट्याक्सी पार्किङ गर्न नपाउने । ट्याक्सीलाई पशुहाट स्थित वसर्पार्कमा पार्किङको प्रबन्ध मिलाइने । रातो नम्बर प्लेट भएकाहरुले व्यवसायीक रुपमा यात्रु बोक्न नपाउने । बोक्नु परेमा ट्याक्सीमा कालो नम्बर प्लेट परिवर्तन गर्नु पर्ने । त्यसकालागि सहजीकरण गर्न यातायात व्यवस्था कार्यालयसँग समन्वय गरि दमकमै काउण्टर खोल्ने ।

यी र यस्ता नियम आज अर्थात भदौ एक गते देखी दमकमा लागु भएको छ ।

दमक नगरपालिकाको यातायात तथा ट्राफिक व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाका अनुसार दमकमा बढ्दो शहरीकरण र यसले यहाँको सडकमा पैदा गरेको अस्त व्यवस्त सडकलाई सुरक्षित बनाउन यस प्रकारको नियम लागु गरिएको प्रतिकृया दिनु भएको छ । उज्यालो खवरसँग कुराकानी गर्दै उहाँले दमकमा यातायातलाई व्यवस्थापन गर्न सकियो भने अहिलेको भीड तथा जामको समस्या हल हुने छ ।

उहासँग नियम लागु हुनु पूर्व गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

(1) दमकमा भदौ १ देखी पटके कर लाग्ने, यातायात व्यवस्थापन सम्बन्धीका अन्य प्रावधान के ? – YouTube

यस्तै यो नियम लागु गर्दै गर्दा नियम उल्लंघन गर्नेलाई कार्वाहि समेत गरिने सापकोटाले जानकारी दिनुभयो । ‘नियमको बारेमा आज र भोली जानकारी गराउने । माईकिङ देखी लिएर सबै प्रकारका शैलि अपनाएर काम गर्ने । त्यसपछि यसको कार्यान्वायनमा लाग्ने छौ ।’ सापकोटाले उज्यालो खवरलाई आज प्रतिकृया दिदै भन्नु भयो ‘यदि नियम थाह हुदा हुदै पनि नमान्ने हो भने त्यस्तालाई पहिलो पटक १ सय रुपैया देखी जरिवाना गर्ने र चौथो पटक सम्म पनि नियम उल्घंन गरेको पाइएमा लाइसेन्सलाई रद्ध गराइदिने सम्मको कार्वाहि गरिने छ । ’ उहाँले बताउनु भयो ।

आज पहिलो दिन यातायात व्यवस्थापन सम्बन्धीको नियमका बारेमा जानकारी गराउन निकालीएको र्याली र अध्यक्ष सापकोटाले दिनु भएको प्रतिकृया तलको लिंकमा राखीएको छ ।

Facebook

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन