‘ठुला भनिएका दल र नेताले बिभिन्न काण्डमा ‘म र मेरो मान्छे होईन’ भन्दै स्पष्टिकरण दिएरै बिताउनेछन्’ लामिछाने (भिडियोमा हेरौ)

दमक/
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले अवको चार वर्ष अन्य दलका नेताहरुले म र हामी त्यो काण्डमा सहभागी छैनौ भन्दै स्पष्टिकरण दिएरै बिताउने बताउनु भएको छ ।

 

रास्वपा दमक नगर कमिटीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले विभिन्न काण्डहरुको फाईल आफ्नै दवावका कारण खोल्न बाध्य भएका कारण ती काण्डका फाईलमा ठुला भनिएका दल र त्यसका शिर्षस्त नेताहले आफुहरु ती काण्डमा संलग्न छैनौ भन्दै आफु बच्न र अरुलाई बचाउँन स्पटिकरण दिदैमा बाँबी चार वर्ष बित्ने बताउनु भएको हो ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको दमकमा ओलीको नाम लिदै रवीले भन्नु भयो ‘ यस अघी दुई तिहाई मत ल्याएर केपि ओली प्रधानमन्त्री बन्नु भएको हो कि हैन ? उहाँले त्यहि बेला यस्ता काण्डका फाईल खोलेर अनुसन्धान गरेको के हुन्थ्यो ? ’

आफुहरुले सार्वजनिक चासोका विषयमा संसदमा दर्विलो आवाज उठाएकै कारण फाईलहरु खुल्न बाध्य बनाएको भन्दै लामिछाने भन्नु हुन्छ ‘राम्रो कुराको जस लिन माहिर हुने दलहरुले नराम्रो कामको जस चाहि लिन किन नचाहेको भन्दै प्रश्न गर्नुभयो ।

यो देश अहिले हामी आएको एक वर्षमा गरिव भएको हो कि यस अघी देखी नेतृत्व गर्नेका कारण गरिव भएको हो ? हाम्रो कारण देशको यस्तो हालत भयो भनेर चाहि ठुला भनिएका दल र त्यसका नेताले किन स्विकार गर्न नसकेका हुन ? लामिछानेको प्रश्न छ ।

कार्यक्रममा उहाँले बोल्नु भएको भिडयोलाई यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp