मुख्यमन्त्री थापालाई दुई प्रश्न

 

दमक/
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सदनबाट विस्वासको मत लिने जानकारी संसदलाई गराइसक्नु भएको छ । अत्यन्तै झिनो समर्थन सहित मुख्यमन्त्री बन्नु भएका थापालाई विस्वासको मत लिन उती सहज छैन ।

विभिन्न परिस्थितीहरुको सामना गर्दै विस्वासको मत लिने तयारी उहाँले गर्नु भएको छ । खासगरि अहिले प्रदेशको संसद सभामुख बिहिन छ । यस्तो परिस्थितीमा मुख्यमन्त्रीलाई सोधिएको पहिलो प्रश्न छ

तपाईले विस्वासको मत पाउँने आधार के ?

जवाफमा विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ सङ्ख्या छ । बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु,’
विश्वासको मत लिने दिनसम्ममा आफूले प्रतिपक्ष दलसँग पनि छलफल गर्ने छु । विश्वासको मत लिने वातावरण बनाउन कै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ । उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यसबेला अर्को विकल्पमा जाने सकिने छ । यद्यपि त्यस्तो अवस्था सिर्जना नहोस भन्नकालागि म हदैसम्मको लचिलो भएर संवाद गरिरहेको छु।

प्रदेशमा गठबन्धनको सरकार भन्दा पनि सहमतीय सरकार बनाएर जानुपर्छ भन्ने प्रतिपक्षको कुरा हो । प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने हाम्रो कुरा पनि त्यहि नै हो । यदि त्यो गर्न सकेनौँ भने प्रदेशका माननीयहरूको आयु घट्ने देखिन्छ । त्यसकारण प्रदेशको स्थिरता र विकासका लागि सहमति, सहकार्य गरेर नै अगाडि बढ्नुपर्छ । दलहरुबीचको एकता नै अहिलेको आवश्यकता हो ।

दोस्रो प्रसङ्ग

तत्कालीन हिकमत कार्की नेतृत्वको सरकारले सदनमा अध्यादेश मार्फत ल्याएको बजेट त्यसको तीन महिना भित्रमै सदनले पास गरिसक्नु पर्छ । अहिले प्रदेश बजेट बिहिन छ । प्रतिस्थापन विधेयक ल्याएर प्रदेशलाई बजेट बिहिन बनाउनबाट जोगाउनु पनि मुख्यमन्त्री थापाकालागि चुनौतीको विषय हो ।

हामीले सोधेका छौ प्रदेशलाई बजेट होलिडे हुनबाट जोगाउन के गर्दै हुनुहुन्छ ?

जवाफमा उहाँले ‘प्रदेशमा बजेट शून्यतामा जाँदैन । ‘बजेट होलिडे हुने अवस्थाबारे सांसदले चिन्ता गर्नु स्वाभाविक हो । भदौ १० गतेभित्र हामीले प्रतिस्थापन विधेयक ल्याउनु पर्नेछ । हामी दलहरुबीचमा छलफल गरिरहेका छौ । प्रतिपक्षी दलहरूसहित छलफल गरेर हामी अगाडि बढ्छौँ । त्यो अवस्था आउन हामी दिँदैनौँ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो