पराजुली समाज दमक पुनर्गठन ,अध्यक्षमा शंखर प्रसाद

दमक/
पराजुली समाज दमक नगर कमिटी पुनर्गठन भएको छ । यसअघीका अध्यक्ष ऋषिराज पराजुलीको मृत्यु भएपछी समिती पुनर्गठन गरिएको हो ।
कमिटीको साधारणसभाको समेत समय भएकोले पुरै पदाधिकारी परिवर्तन गरिएको नि वर्तमान सचिव नेत्र पराजुलीले जानकारी दिनु भयो ।
पुनरगठित कमिटीको अध्यक्षमा शंखर प्रसाद पराजुली चयन हुनु भएको छ ।
आज पुर्व अध्यक्ष ऋषिराजको घरमा बसेको भेलाले शंखर प्रसादको नेतृत्वमा ११ सदस्य नया कमिटी गठन गरेको छ ।
जसमा उपाध्यक्षमा मित्रप्रसाद पराजुली , सचिवमा भुमीराज पराजुली सह सचिवमा शारदा पराजुली र कोषाध्यक्षमा खिनमाया पराजुली चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा जीवन पराजुली ,कोपिला पराजुली ,गायत्री पराजुली र कृष्ण पराजुली चयन हुनुभएको छ । एकजनालाई आगामी बैठक बसि मनोनीत गरिने नव नियुक्त अध्यक्ष शंखर प्रसादले बताउनु भयो ।

कन्काईमा बन्दै गरेको भवनमा सहयोग गर्ने

झापाको कन्काई माई कोटिहोममा पराजुली समाजको नया भवन बनिरहेको छ ।भवन अधुरो रहेकोले यसलाई पुर्णता गराउनु सबैको दायित्व रहेको भन्दै दमक नगर कमिटिले त्यहा सस्थागत सहयोग गर्ने गठित नया कमिटिले पहिलो निर्णय समेत गरेको छ ।

यसकालागी कोषाध्यक्ष खिनमाया पराजुलीको संयोजकत्वमामा आर्थिक संकलन समिती समेत बनाईएको छ ।

आगामी भदौ १५ गते भित्रमा इच्छुक सदस्य तथा सबै बन्धुहरुबाट आर्थिक संकलन गरि भवन निर्माण समितिलाई सो रकम हस्तान्तरण गरिने संयोजक खिनमायाले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।