दमक/
स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले विशिष्ट अधिकार र कामको जिम्मेवारीमा लेखिएको छ नगरपालिका तथा गाउँपालिकाका प्रमुख वा अध्यक्ष सात दिन भन्दा बढि अनुपस्थित भएमा उप–प्रमुख वा उपाध्यक्षलाई कार्ववाहकको जिम्मेवारी दिनुपर्ने लेखिएको छ । यदी उपप्रमुख वा उपाध्यक्ष पनि अनुपस्थित भएमा कार्यपालिकाको एक सदस्यलाई जिम्मेवारी दिन सकिने प्रावधान छ ।
तर झापाको कमल गाउँपापालिकाका अध्यक्ष हुकुम सिहं राईले यो ऐन विपरित जिम्मेवारी दिएर विदेश भ्रमणमा लाग्नु भएको छ ।
उहाँले गाउँपालिकामा उपाध्यक्ष प्रमिला तिवारी हुदा हुदै वडा नं २ का वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहकको जिम्मेवारी दिनु भएको छ ।
कार्यालयको काम विषेशले भदौ १ गते देखी आफु नआएसम्मकालागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गर्न भनि लेखिएको सो पत्रमा मिती पनि गलत लेखिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार शाक्यले टाईप मिस्टेक भएर मिती मिस्टेक भएको र कार्यवहाक अध्यक्षको जिम्मेवारी वडाध्यक्ष सुब्बालाई दिएको उज्यालो खवरलाई जानकारी दिनुभयो ।
उपाध्यक्ष तिवारीले अहिले सम्म यो अवधिकोलागि विदा नलिएको र कार्यालयमै रहनु भएको पनि शाक्यले जानकारी दिनु भएको छ ।
यो त ऐन विपरितको जिम्मेवारी भएन र? भनी उज्यालोले प्रमुख प्रशाषशकीय अधिकृत शाक्यलाई गरेको प्रश्नमा उहाँले यो बारेमा आफुले केहि पनि नबोल्ने प्रतिकृया दिनु भएको छ ।
यता उपाध्यक्ष तिवारीले भने ऐन बिपरित जिम्मेवारी दिइएको बिषयमा उजुरी हाल्ने बताउनु भएको छ ।