दमकमा ‘रोड क्लियरिङ’को नियम कार्यान्वायन कस्तो (भिडियोमा हेरौ)

दमक/
दमकका बजार क्षेत्रका सडकहरु फराकिला छन तर सुरक्षित भएनन भनेर सँधै आलोचना खेपिरहेको दमकले गत भदौ १ गते देखी चाहि साँघुरिएका सडकलाई फैलाउने काममा लागेको छ ।

दमक नगरपालिकाको १३ औ नगरसभाबाट नियमको स्विकृत गराएर दमकको सडकलाई व्यवस्थापन गर्ने काम सुरु भएको हो ।
भदौ १ र २ गते नियम सम्बन्धी जानकारी गराउन नगर परिक्रमा गर्दै हिडियो । ३ गते देखी यसलाई पूणर् रुपमा कार्यान्वायन गराउने काम सुरु भएको छ ।

खासगरि दमकको जेसिज चोकमा अत्यन्तै धेरै मेडिकल तथा फार्मेसि हरु छन् । यी फार्मेसीहरुले बाहिरबाट विभिन्न कलिङका डाक्टरहरु पनि बोलाउने गरेका कारण यहाँ भीड भाड हुने गर्छ । सडकमा जाम हुने समस्या यहाँ प्राय देख्न सकिन्छ ।

सरुवातमा यही ठाउँका सडकलाई क्लियर गर्ने काम सुरु गरिएको ट्राफिक तथा यातायात व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।

समितीका सदस्य, नगर प्रहरी, जनपथ प्रहरी, ट्राफिक प्रहरी लगायतको समुहले दमक भित्रका रोडहरु ‘क्लियर’ गर्ने गर्ने काम गरिरहेका छन् ।
‘सडकमा एक तर्फि पार्किङ गर्दा सडक फराकिलो देखन्छ । अहिले दुवै तर्फ पार्किङ गरिदा यसले सडकको सौन्दर्यतालाई बिगार्ने र क्षेत्रफल साँघुरो भएर असुरक्षीत समेत देखिने भएकोले यो नियम लागु गराइएको हो ।’

अध्यक्ष सापकोटा भन्नुहुन्छ केहि दिन हामी अव्यवस्थित पार्किलाई आफै गाडीहरु सारेर व्यवस्थित बनाइदिने काम गरिरहेका छौ । तर केहि दिन पछि भने नियम नमान्नेहरुलाई ‘स्पोर्ट’ जरिवना तिराउने छौ ।’ उहाँको भनाई छ ।

यसको कार्यान्वान स्थिती , र अव के गरिदैछ ? हेरौ यो छोटो भिडियोमा ।

दमकमा एक तर्फी पार्किङ र रोड क्लियरिङको नियम कार्यान्वयनको सुरुवाती अबस्था कस्तो? – YouTube

Share: