दमक/
विद्यालय पढ्ने बालबालिकाहरु अहिले साथीभाईसँग निकै कम मात्रै घुलमिल हुने गर्छन। शरिरका अङ्ग प्रत्याङ्गहरुलाई चलायमान बनाउने खालका खेलहरु निकै कम खेल्छन् । पुस्तकको भारीले भरिएको झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता छ ।
विद्यालय तथा घरमै अभिभावले पनि पढ्न मात्रै दवाद दिइरहने जस्ता कारणले गर्दा विद्यार्थीहरुमा मानसिक असर परिरहेको छ । शरिर शिथिल बन्छ । पर्याप्त मात्रामा आराम पाउँदैन । शारिरिक व्यायाम न्यून भएको छ । यी कारणले गर्दा बालबालिकाहरुमा पछिल्लो समय मेरुदण्ड तथा नसा च्यापीने सम्बन्धीका रोगहरु बढ्न थालेको बरिष्ठ स्पाईन सर्जन डा. गौरवराज पोखरेलले बताउनु भयो ।
उज्यालो खवरसँग संवाद गर्दै डा. ढकाल भन्नु हुन्छ ‘अझ वयस्क उमेरका यूवा पुस्ताहरु कामको मात्रै तनाव लिने । काम गर्ने ठाउँहरु असुरक्षित हुने । एकोहोरो कुर्सीमा मात्रै बस्नु पर्ने वा हिड्नु पर्यो भने मोटर साईकलको अत्याधिक प्रयोग गर्ने अनी जहाँ जे मन लाग्यो त्यहि खाने कारणले गर्दा पनि यूवा पुस्तामा यसको बिराम बढ्न थालेको छ ।’
खास गरि केहि वर्ष अघी सम्म मेरुदण्ड तथा नसा च्यापीने रोग ४० देखी ४५ वर्ष पार गरेका उमेर समुहमा देखिने गरेको थियो । तर अहिले बालबालिका देखी, वयस्क तथा सबै उमेरहरुमा यो रोग देखिन थालेपछि यसबारेमा अव चिन्तन गर्ने बेला भएको उहाँले उल्लेख गर्नु भएको छ ।
डा. ढकालसँग उज्यालो खवरले गरेको संवादको भिडियो तलको लिंकमा राखीएको छ ।
हाडजोर्नी र नसाका रोग अहिले विद्यालयका बालबालिका र वयस्कहरुमा धेरै देखिन थाल्यो – YouTube









