डेङ्गु: झापामा स्थिति भयावह बन्दै

दमक/
झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जानेक्रममा थप एक जनाको मृत्यु भएको छ ।

साउन महिनायता डेंगी सङ्क्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ ।
भदौ ४ गतेसम्म झापामा डेंगी सङ्क्रमितको सङ्ख्या १२३८ पुगेको छ ।
३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
सङ्क्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
कनकाई नगरपालिका ३ सुरुङ्गाकी करिब ५० वर्षीया महिलाको डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो ।

आइतबार बेलुकादेखि बिर्ता सिटी हस्पिटलको आइसियु भेन्टिलेटरमा डेंगी संक्रमित पवित्रा श्रेष्ठको उपचार भइरहेको थियो । हिजो साझ उनको मृत्यु भएको आफन्त तिलरुपा श्रेष्ठले बताइन् ।

बिरामी श्रेष्ठलाई डेंगी पोजेटिभ देखिएको र त्योसँगै अन्य पनि समस्या रहेको बिर्ता सिटी हस्पिटलले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको