कोशी प्रदेशः मुख्यमन्त्रीको विस्वास मतका विरुद्ध एमालेले भोली रिट दायर गर्ने

hikmatkarki adalat jane

बिराटनगर/
पटक पटक संविधान मिचेर मुख्यमन्त्री बन्नु भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले पूःन रिट दाय। गर्ने भएको छ ।

सभाध्यक्षलाई संविधान विपरित प्रयोग गरि प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको नेकपा एमाले संसदिय दलका नेता तथा नि-वर्तमान मुख्यमन्त्री हिकमत कुमार कार्कीले बताउनु भयो ।

 

‘प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जानुको विकल्प नभएको हो ।’ नेता कार्कीले आज प्रेस चौतारी कोशी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बताउनु भयो ।

 

पार्टीसँगको सल्लाह र प्रदेश इञ्चार्जको निर्देशनपछि संसदीय दलले सर्वोच्चमा रिट दायर गर्ने निणर्य गरेको उहाँले जानकारी दिनुभयो । कानुन व्यवसायीहरुले काठमाडौंमा त्यसको तयारी गरेको जानकारी दिँदै उहाँले भोलि रिट हाल्न काठमाडौं जाने बताउनु भएको हो।

 

मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका गर्नु भएको थियो ।

 

मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गर्नु भएको थियो ।

सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसबिरुद्ध एमाले अदालत जान लागेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन